बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाठ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
५५ पटक हेरिएको
Shares
बेलायती राजदूतले जानकी मन्दिरमा मनाए २२औं वैवाहिक वर्षगाठ

सारांश

  • नेपालका लागि बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा श्रीमती जुलिया फेनसँग आफ्नो २२ औं वैवाहिक वर्षगाठ मनाएका छन् ।
  • मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।
  • जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिएन भने श्रीमतीलाई औंठी लगाइदिए ।

 

१३ पुस, जनकपुरधाम  । नेपालका लागि बेलायती राजदूत रब फेनले जानकी मन्दिरमा श्रीमती जुलिया फेनसँग आफ्नो २२ औं वैवाहिक वर्षगाठ मनाएका छन् । मैथिली परम्परा अनुसार मालाफेर र सिन्दुर लगाएर वैवाहिक वर्षगाँठ मनाएका हुन् ।

जानकी मन्दिरका साधुसन्तद्वारा मन्त्रोउच्चारण गरेपछि फेनले शीरमा मौर लगाएर श्रीमती जुलियासँग मालाफेर गरेका थिएन भने श्रीमतीलाई औंठी लगाइदिए । जानकी मन्दिरका सह महन्त रामरोशन दासले विधिविधानमा सघाएका थिए । यसपछि मधेशका सभामुख रामचन्द्र मण्डल, जनकपुरधामका मेयर मनोजकुमार साहसहितले दुवैजनालाई बधाई दिएका थिए । राजदूत फेनले मिथिलाको परम्परा, भाषा, भेषभूषा, र संस्कृति संसारकै उत्कृष्टमध्ये रहेको बताउँदै आफूले यस क्षेत्रलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाप्रति चासो लागेको बताए ।

‘गत वर्ष मधेशका विभिन्न स्थानहरूको भ्रमणका क्रममा मैले मिथिलाको सांस्कृतिक धरोहरको महत्त्व बुझेँ। यस क्षेत्रको अतुलनीय सौन्दर्यले मलाई यो वर्षगाँठ यहाँ मनाउन प्रेरित गर्‍यो’, राजदूत फेनले भने। उनले जनकपुरलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्न आफूले सक्ने प्रयास गर्ने बताए ।

उनले व्यक्तिगत पहल र बेलायती दूतावासको सहयोगमा नेपाल सरकारसँगको साझेदारीमा विभिन्न विकास परियोजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जनकपुरधामलाई धार्मिक, सांस्कृतिक, र पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने प्रयासमा राजदूतको यो योगदानले अझ नयाँ ऊर्जा थप्ने विश्वास लिइएको बताए । नेपाल सरकारले जनकपुरधामलाई वैवाहिक गन्तव्यको रुपमा स्थापित गर्ने नीति लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
आज पनि काठमाडौंको वायु प्रदूषण अस्वस्थको तहमा
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै साढे ९ लाख ठगी गर्ने युवक पक्राउ
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई संसदीय समितिको निर्देशन
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
ल्हेन्दे खोलामा फेरि पनि बाढी, रसुवा, नुवाकोट र धादिङमा अलर्ट
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
अनुमति नलिई जेनजी भन्दै माइतीघरमा प्रदर्शन गर्ने ५० जना पक्राउ
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रधानमन्त्री
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
सुखद सुरुवातपछि उत्साही नेपाल आज बलियो नेदरल्यान्ड्ससँग भिड्दै
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक