फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २८, २०८२
|
|
४९ पटक हेरिएको
Shares
फिफाले हटायो एन्फामाथिको आर्थिक बन्देज

सारांश

  • विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ ।
  • आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो ।
  • जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो ।

२८ असार, काठमाडौं ।

विश्व फुटबल महासंघ (फिफा) ले नेपालमाथि लगाएको ‘कन्ट्रोल फन्डिङ’को बन्देज हटाएको छ । आर्थिक अपारदर्शिता र भ्रष्टचारको आशंका गर्दै फिफाले १५ मार्च २०२१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)माथि ‘कन्ट्रोल फन्डिङ’ लागू गरेको थियो । जसअन्तर्गत फिफाले एन्फालाई दिँदै आएको आर्थिक सहयोगलाई आफ्नो नियन्त्रणमा राखेर नियमन गरी खर्च गर्न दिन्थ्यो । चार वर्षपछि गत बिहीबार फिफाको गभर्नेन्स, अडिट एन्ड कम्प्लायन्स कमिटी (जएसीसी) को बैठकले नेपालमाथि लगाइएको उक्त बन्देज हटाएको एन्फाले जानकारी दिएको छ । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको नेतृत्वमा कार्यरत कार्यसमितिको आर्थिक पारदर्शिता र सुशासनमाथि विश्वास गर्दै फिफाले बन्देजात्मक प्रणाली हटेको व्यहोराको पत्र पठाएको छ ।

फिफाको पछिल्लो निर्णयसँगै अब एन्फाले स्वतन्त्र रूपमा फिफाको आर्थिक सहयोग उपयोग गर्न सक्ने भएको छ । एन्फाले फिफाको निर्णयलाई नेतृत्वको प्रतिबद्धताको सफल कार्यान्वयनको रूपमा व्याख्या गरेको छ । यसअघि सन् २०२४ को अक्टोबर २९ मा एन्फालाई एएफसी मेम्बर एसोसिएसन अफ द इयर (गोल्ड) अवार्ड २०२४ बाट पनि सम्मान गरिएको थियो । एन्फाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन पश्चात संस्था सुधार, भद्रगोल व्यवस्थाको अन्त्य र पारदर्शिता कायम गर्ने लक्ष्यका साथ थालिएको यात्रा आज सकारात्मक मोडमा आइपुगेको छ ।’ आर्थिक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको लेखा प्रणालीमा रुपान्तरण गर्न फिफासँगको सहकार्य महत्वपूर्ण भएको एन्फाको दाबी छ ।

अध्यक्ष नेम्वाङ र सचिवालयले काम गरिरहेको बेला भएको आलोचनाको भने एन्फाले बचाउ गरेको छ । आलोचनाको जवाफ कामबाट दिइएको एन्फाको जिकिर छ ।  ‘विभिन्न पूर्वाग्रही र स्वार्थ समूहहरूले फुटबल विकासमा अवरोध ल्याउन खोजे पनि सत्यताले विजय पाएको छ,’ विज्ञप्तिमा भनिएको छ । हालै सम्पन्न महिला राष्ट्रिय फुटबल टोलीको उज्वेकिस्तान भ्रमण र यू–२० महिला टोलीको बंगलादेशमा जारी साफ प्रतियोगितामा गरेको प्रदर्शनले महिला विश्वकप २०३१ मा नेपालको सहभागिताको सम्भावना बलियो बनाएको एन्फाको भनाइ छ । पुरुष फुटबल टोलीले पनि सिंगापुर र अफगानिस्तानमाथि ऐतिहासिक जित हात पार्दै भविष्यका लागि आशा जगाएको एन्फाको विश्वास छ ।

फिफाले आर्थिक बन्देज हटाएसँगै एन्फाले अब ग्रासरुट फुटबल, स्कूलस्तरीय प्रतियोगिता, उमेर समूह प्रतियोगिता, महिला तथा पुरुष लिगहरू, प्रेसिडेन्ट लिग, ए डिभिजन लिग लगायतका प्रतियोगिता समयमै सञ्चालन गर्ने योजना बनाएको जनाएको छ । काठमाडौंमा प्रस्तावित रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले सहयोगको  प्रतिबद्धता जनाएको उल्लेख गर्दै एन्फाले आभार प्रकट गरेको छ । निकट भविष्यमा आफ्नै रंगशाला निर्माणको कार्य अघि बढाउने भन्दै एन्फाले आर्थिक पारदर्शिता र सुशासन कायम गर्दै फिफा तथा एएफसीको विश्वास जित्दै जाने प्रतिवद्धता दोहोर्‍याएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल
भारतको आसामलाई हराउँदै पुलिस क्लब एमएम कपको फाइनलमा
भारतको आसामलाई हराउँदै पुलिस क्लब एमएम कपको फाइनलमा
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ
कुलिङ पिरियडमा कर्मचारीले खेले, प्रधानमन्त्रीलाई घेरे : प्रवक्ता गुरुङ
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
पालिका पूर्वअध्यक्षबाटै ठगिएको भन्दै वडाध्यक्षले दिए प्रशासनमा उजुरी
यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
यूएईविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई डाइभिङ
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
जुवातास खेल्दै गरेका १६ जना भक्तपुरबाट समातिए
स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
स्रोत नखुलेको रकम सहित दुईजना पक्राउ
पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली
पूराना पार्टी र नेताहरु सकिए भन्ने भाष्यलाई महाधिवेशनले खारेज गरिदियो : ज्ञवाली