सुदूरपश्चिममा आज बजेट ल्याउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २१, २०८३
|
|
८५ पटक हेरिएको
Shares
सुदूरपश्चिममा आज बजेट ल्याउने तयारी

सारांश

  • प्रदेश सभा बैठकमा आज बजेट प्रस्तुत गर्ने सरकारले तयारी गरेको जनाइएको छ।
  • बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि नै प्रदेश सभा बैठक बोलाइएको छ।
  • सुदूरपश्चिम प्रदेश सभा सचिवलायका सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार बुधबार साँझ ५ बजे प्रदेश सभा बैठक बस्दै छ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बुधबार ल्याउने तयारी गरेको छ।

प्रदेश सभा बैठकमा आज बजेट प्रस्तुत गर्ने सरकारले तयारी गरेको जनाइएको छ। बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि नै प्रदेश सभा बैठक बोलाइएको छ।

सुदूरपश्चिम प्रदेश सभा सचिवलायका सूचना अधिकारी ताराकुमारी जोशीका अनुसार बुधबार साँझ ५ बजे प्रदेश सभा बैठक बस्दै छ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री चक्रबहादुर मल्ले आजको बैठकमा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

सुदूरपश्चिम प्रदेश झण्डै तीन महिनादेखि ‘बजेट होली डे’मा छ। गत असार १ मा कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेट पारित भएको छैन।

सत्ता साझेदार नेकपा (एमाले) ले बजेटमा असहमति जनाउँदै साथ नदिएपछि शाह नेतृत्वको सरकार नै ढलेको थियो। त्यसपछि एमालेकै समर्थनमा नेकपाका खगराज भट्टको नेतृत्वमा गत साउन २९ नयाँ सरकार बनेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?