२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
२४ पटक हेरिएको
Shares
२१ लाख ठगी गरेको आरोपमा सिन्धुपाल्चोकबाट २ जना पक्राउ

सारांश

  • नक्कली सुन देखाई साढे २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भएका २२ वर्षीय सुमन तामाङ छन् ।
  • उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

११ साउन, काठमाडौं ।

नक्कली सुन देखाई साढे २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धिबहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भएका २२ वर्षीय सुमन तामाङ छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीहरूले नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रुपैयाँ दरले दिन्छु भन्दै दुई जनालाई ठगी गरेको पाइएको छ । ओखलढुंगाका एक व्यक्तिलाई २५ फागुन २०८१ मा भक्तपुरको इबामोरा चोकमा बोलाई १२ लाख ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए । त्यसैगरी २७ जेठ २०८२ मा दोलखाका अर्का व्यक्तिलाई भक्तपुरकै पान्डुबजारमा बोलाएरर ९ लाख ५० हजार रुपैयाँ लिएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीहरूबाट ठगी गर्न प्रयोग गरिने एक किलो नक्कली सुन पनि बरामद भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?