काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २८, २०८३
|
|
२०१ पटक हेरिएको
Shares
काठमाडौँबाट धनगढी जाँदै गरेको बस दु*र्घटना, राजमार्ग अवरुद्ध

सारांश

  •   काठमाडौँबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बर्दियामा दुर्घटना भएको छ।
  • सोमबार दिउँसो काठमाडौँबाट धनगढी जाँदै गरेको बस चिसापानी नजिकै बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको हो।
  • दुर्घटनामा १८ यात्रु घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

 

२८ वैशाख, काठमाडौं । 

काठमाडौँबाट धनगढी जाँदै गरेको यात्रुबाहक बस बर्दियामा दुर्घटना भएको छ। सोमबार दिउँसो काठमाडौँबाट धनगढी जाँदै गरेको बस चिसापानी नजिकै बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको हो। दुर्घटनामा १८ यात्रु घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।

घाइतेहरूको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ। बस सडकमै पल्टिएको हो। सडकमा बस पल्टिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। बस हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?