‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, माघ १९, २०८१
|
|
२५ पटक हेरिएको
Shares
‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जना पक्राउ

सारांश

  • जिल्ला सिरहाको लहान नगरपालिका–२, का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।
  • इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, बस्ने रमेश श्रेष्ठसँग नगद ५० हजार रुपियाँ ठगेको आरोपमा साहलाई पक्राउ गरिएको बताउनुभयो ।
  • श्रेष्ठले ठगीबारे प्रहरीमा जाहेरी दिएपछि डिएसपी हुँ भन्दै ठगी गर्ने साहलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

 

१९ माघ ,  काठमाडौँ नेपाल प्रहरीको ‘डिएसपी हुँ’ भन्दै ठगी गर्ने एक जनालाई धनुषा पहरीले पक्राउ गरेको छ । जिल्ला सिरहाको लहान नगरपालिका–२, का २० वर्षीय धनिकलाल साहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, बस्ने रमेश श्रेष्ठसँग नगद ५० हजार रुपियाँ ठगेको आरोपमा साहलाई पक्राउ गरिएको बताउनुभयो । श्रेष्ठले ठगीबारे प्रहरीमा जाहेरी दिएपछि डिएसपी हुँ भन्दै ठगी गर्ने साहलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । ठगी कसुरमा पक्राउ परेका साहलाई जिल्ला अदालत धनुषामा ठगी कसुर मुद्दामा म्याद थप गराई यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?