चितुवाले आक्रमण गर्दा एक महिलाको मृ*त्यु, दुई जनाले भागेर ज्यान बचाए

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर १२, २०८२
|
|
२५ पटक हेरिएको
Shares
चितुवाले आक्रमण गर्दा एक महिलाको मृ*त्यु, दुई जनाले भागेर ज्यान बचाए

सारांश

  • बर्दियामा सामुदायिक वनमा घाँस काट्न जाँदा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
  • बारबर्दिया नगरपालिका वडा नं ११ बेलभार बस्ने ५९वर्षीया गोपी थारूको सामुदायिक वनमा घाँसकाट्न जाँदा चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
  • काला बेलभार सामुदायिक वनमा घाँस काट्न जाने क्रममा चितुवाले आक्रमण गरेको थियो ।

१२ मंसिर, बर्दिया ।

बर्दियामा सामुदायिक वनमा घाँस काट्न जाँदा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका वडा नं ११ बेलभार बस्ने ५९वर्षीया गोपी थारूको सामुदायिक वनमा घाँसकाट्न जाँदा चितुवाको आक्रमणबाट मृत्यु भएको हो । काला बेलभार सामुदायिक वनमा घाँस काट्न जाने क्रममा चितुवाले आक्रमण गरेको थियो । चितुवाले आक्रमण गरेपछि सँगै घाँस काट्न गएका साथीहरू भागेका थिए ।

पछि सामूदायिक वनमा खोजविन गर्दा मृत्यु भएको अवस्थामा थारूको शव फेला परेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत शिव बहादुर केसीले बताए । सँगै घाँस काट्न गएका मध्ये दुई जना महिला भाग्ने क्रममा घाइते भएका छन् । घाइते हुनेमा बारबर्दिया नगरपालिका वडा नं ११ बेलभारकी इन्दिरा दहित र मनिषा दहित रहेका छन् । उनीहरूको बारबर्दिया नगरअस्पतालमा उपचार पश्चात् घर फर्केको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक प्रकाश सिंह कार्कीले बताउनु भयो । चितुवा नियन्त्रणमा लिनका लागि पासो सहित प्रहरी र वन कार्यालयका प्राविधिक टोली पठाइको वरिष्ठ वन अधिकृत केसीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?