सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सतपाल समर्थक र स्थानीयबीच झड्प, दर्जनौं घाइते

सारांश

  • धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको सतपाल महाराजको सतलोक आश्रममा रहेका अनुयायी र स्थानीयबीच झड्प भएको छ ।
  • झडपका क्रममा दुवैतर्फका एक दर्जन व्यक्ति घाइते भएको धनुषा प्रहरीले जनाएको छ ।
  • सतलोक आश्रमले वरिपरिको ऐलानी जग्गा हड्पेको भन्दै शनिबार जग्गा नापजाँच गर्ने समय तोकिएको थियो ।

 

२६ पुस, धनुषा।

धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजको सुग्जोरमा रहेको सतपाल महाराजको सतलोक आश्रममा रहेका अनुयायी र स्थानीयबीच झड्प भएको छ । झडपका क्रममा दुवैतर्फका एक दर्जन व्यक्ति घाइते भएको धनुषा प्रहरीले जनाएको छ । सतलोक आश्रमले वरिपरिको ऐलानी जग्गा हड्पेको भन्दै शनिबार जग्गा नापजाँच गर्ने समय तोकिएको थियो । त्यही क्रममा अनुयायी र स्थानीयबीच झड्प भएको हो ।

जग्गा खाली गराउन गएका स्थानीय र आश्रमका व्यक्तिबीच विवाद बढेपछि जनकपुर–ढल्केवर सडक खण्डको महेन्द्रनगर औरही पुलमा सडक अवरुद्व गर्दै नाराबाजी गरिरहेका छन् । आश्रमका अनुयायीले स्थानीयलाई लखेट्दै कुटपिट गरेपछि स्थानीयको समूह एकजुट भई आएर दुईतर्फी झडप भएको हो । घाइतेलाई उपचारका लागि जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?