दुईवटा संसदीय समितिको बैठक बस्दै
सारांश
- आज (बिहीबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ ।
- आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्न लागेको हो ।
- आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।
२४ वैशाख, काठमाडौं ।
आज (बिहीबार) दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठक बस्न लागेको हो ।

आज बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ । यस्तै, दिउँसो १ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको दोस्रो बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणका साथै विविध विषयमा छलफल हुनेछ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया