कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण ६, २०८२
|
|
२६ पटक हेरिएको
Shares
कानूनमन्त्रीसहित रास्वपा र राप्रपासँग सभामुखको छलफल, तर भएन सहमति

सारांश

  •      सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर आन्दाेलन गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन्।
  • रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन्।
  • छलफलमा सभामुख घिमिरेले भने, ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारवाहीमा सहभागी हुनुभएको छैन ।

६ साउन, काठमाडौं ।    

सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसदमा निरन्तर आन्दाेलन गरिरहेका रास्वपा र राप्रपाका नेताहरूसँग छलफल गरेका छन्। रास्वपा कार्यवाहक सभापति डीपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरेका हुन्। छलफलमा सभामुख घिमिरेले भने, ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारवाहीमा सहभागी हुनुभएको छैन ।

सरकार र तपाईंहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसदमा परेको छ । सभामुखका रुपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु । मेरो ठाउँमा अरू कोही सभामुख भए पनि संसद् चलाउनुपर्ने बाध्यात्मक स्थिति छ । सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको छ । हाउस निरन्तर अवरोध हुँदा विधेयकको अवस्था के हुन्छन्, यसतर्फ सबैले सोच्न आग्रह गरे। उनले थपे, ‘संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईँहरूको सैद्धान्तिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।’ कानुनमन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरु गरेको बताए।  उनले भने, ‘प्रमुख विपक्षी दलको सहमतिमा नै । सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन ।

रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको बिन्दुमा पुग्न तपाईँहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ ।’ रास्वपा कार्यवाहक सभापति अर्यालले सभामुखले सहमतिका लागि निरन्तर पहल गरेको बताए। उनले भने, ‘धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् । यति गम्भीर मुद्दा सम्बोधन गर्न सरकारले उल्टै तदारुकता देखाउनुपर्नेमा गैर जिम्मेवारी देखाएको छ ।’ राप्रपा उपाध्यक्ष तामाङले पनि भिजिट भिसा प्रकरणमा उठाएको त्यसै नछाड्ने बताए। उनले भने, ‘विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । वैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्लाई जानकारी दिएको छैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
मधेशमा विपद्‌बाट पाँच जनाको मृत्यु, ५ सय मानिस विस्थापित
प्रभु बैंक सीईओ अशोक शेरचन पक्राउ
प्रभु बैंक सीईओ अशोक शेरचन पक्राउ
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
भिजिट भिसा प्रकरणमा जोडिएपछि म्याग्दीका सीडीओ तिवारी मन्त्रालय तानिए
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु
म्याग्दीमा जीप दुर्घटना, चालकको मृत्यु
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
विश्वप्रकाशको चेतावनीः एमालेले राष्ट्रिय सभामा ‘कुलिङ पिरियड’को संशोधन फिर्ता नलिए गठबन्धनमा दरार आउँछ
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
शिक्षक आन्दोलनमा पुगे एकीकृत समाजवादीका नेताहरू
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य
च्याम्पियन्स ट्रफी जित्न भारतले पायो २५२ रनको लक्ष्य