नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने

सारांश

  • सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ११ जेठमा छलफल हुने भएको छ ।
  • सहकारीको वचत रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसद अवरोध गर्दै आएको छ ।
  • विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको यसअघि तय भएको तालिका प्रभावित भएको छ ।

८ जेठ, काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ११ जेठमा छलफल हुने भएको छ ।

सहकारीको वचत रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गर्दै कांग्रेससहितका विपक्षी दलले संसद अवरोध गर्दै आएको छ । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभाको यसअघि तय भएको तालिका प्रभावित भएको छ । १ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए । त्यसपछि जेठ ३, ४, ६, ७ र ८ गते नीति तथा कार्यक्रममाथि छलफल गर्ने तालिका तय भएको थियो । जेठ ९ गते नीति तथा कार्यक्रम पारित गर्ने तयारी थियो ।
तर, कांग्रेसले लगातार संसद बैठक अवरोध गर्दै आएको छ । अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत पनि लिएका छन् ।

मंगलबार सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि यही जेठ ११ गते छलफल हुने जानकारी गराएका छन् । प्रतिनिधि सभाको अर्को बैठक यही जेठ ११ गते बिहान ११ बजे बस्नेछ । नीति तथा कार्यक्रममा सहभागी हुने सांसदलाई एक घण्टा अगावै नाम टिपाउन पनि सभामुख घिमिरेले आग्रह गरेका छन् । नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दिनका लागि जेठ ९ गतेसम्मको समय तय गरिएको छ । विपक्षी दलहरुको अवरोधले राष्ट्रिय सभाको बैठक पनि प्रभावित भएको छ । राष्ट्रिय सभामा पनि जेठ ११ गते नै नीति तथा कार्यक्रममाथि छलफल हुने तय भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
राष्ट्रियसभा निर्वाचनका लागि ७ निर्वाचन अधिकृतको नियुक्ति
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
रास्वपा केन्द्रीयसमिति बैठक बस्दै
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
बिम्स्टेकमा ओलीले सुनाए ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
आन्दोलनका कारण गण्डकी सरकारको योजनामा धक्का लाग्यो: सुरेन्द्रराज पाण्डे
१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी
१५ जेठका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं, जनधनको क्षति हुँदैन : प्रहरी
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
कोसी सरकारका सबै मन्त्री फेर्ने तयारी, बागमतीको निर्णय कुर्दै कांग्रेस
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
काठमाडौं उपत्यकाका यी ठाउँबाट २८ हजार ग्यास सिलिन्डर बिक्री गरिँदै, कुन कम्पनीको कहाँ ? (सूचीसहित)
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु
५ दिनअघि मात्र ‘मिस्टर काठमाडौं’को उपाधि जितेका प्रकाश राईको हृदयघातका कारण मृत्यु