मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
३१ पटक हेरिएको
Shares
मधेश सरकारले एक करोडभन्दा कमका खुद्रे योजना नल्याउने

सारांश

  • मधेश सरकारले अब अगामी बजेटमा एक करोडभन्दा कमको आयोजना नराख्ने भएको छ ।
  • मधेश सरकार स्थापनापछि पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा आगामी बजेटमा एक करोडभन्दा कमका योजना वार्षिक कार्यक्रममा नराख्ने निर्णय गरेको हो ।
  • ‘आयोजनाको नयूनतम सीमा एक करोड हुने र एक करोडभन्दा कमको आयोजना वा कार्यक्रम वार्षिक कार्यक्रममा समावेश नगराउने’, मधेश प्रदेश नीति तथा योजना आयोगको बोलाएको प्रदेश विकास समाधान समितिको पहिलो बैठकको निर्णयमा उल्लेख छ ।

 

२६ चैत, जनकपुरधाम ।

मधेश सरकारले अब अगामी बजेटमा एक करोडभन्दा कमको आयोजना नराख्ने भएको छ । मधेश सरकार स्थापनापछि पहिलो पटक बसेको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा आगामी बजेटमा एक करोडभन्दा कमका योजना वार्षिक कार्यक्रममा नराख्ने निर्णय गरेको हो ।‘आयोजनाको नयूनतम सीमा एक करोड हुने र एक करोडभन्दा कमको आयोजना वा कार्यक्रम वार्षिक कार्यक्रममा समावेश नगराउने’, मधेश प्रदेश नीति तथा योजना आयोगको बोलाएको प्रदेश विकास समाधान समितिको पहिलो बैठकको निर्णयमा उल्लेख छ ।

यस्तै बैठकमा नीति तथा योजना आयोगले तयार पारेको प्रोजेक्ट बैंक मा सबै योजना प्रविष्टपछि मात्र पीएलएमबीआइएसमा प्रविष्ट गर्ने र जेठ २१ गते भित्र नै सबै आयोजनाहरु प्रोजेक्ट बैंकमा पीएलएमबीआइएसमा प्रविष्ट गरिसक्ने निर्णय भएको आयोगका उपाध्यक्ष डा.सोहनकुमार साहले जानकारी दिए । प्रोजेक्ट बैंकमा अधुरो अपुरो आयोजनाहरुको विवरण समेत राख्ने र सोही अनुसार वार्षिक कार्यक्रममा समावेश गर्ने लगायतको निर्णय समेत भएको छ । प्रदेश विकास समस्या समाधान समितिको पहिलो बैठकमा मधेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह, मन्त्रीहरु र सचिवहरुको सहभागिता रहेको थियो ।

मधेश प्रदेश सरकारमा बिगतदेखि नै अधिकांश एक करोडभन्दा कमका खुद्रे योजना राख्ने गरिएको छ । खुद्रे योजना राखेर उपभोक्ता समितिबाट काम गराउने र योजनाको चिठी विक्रीवितरण गर्ने प्रवृति छ । यसले सरकार बदनाम हुने भन्दै गतवर्ष बजेट बक्तव्यमै खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख गरेको थियो । तर, वर्तमान सरकार तथा सत्ता घटकदलहरु संकल्प प्रस्तावबाट ५० लाखसम्मका योजनाको काम उपभोक्ता समितिबाट गराउने बाटो खेलेको थियो । अहिले विभिन्न निकायबाट वडा कार्यालयमा जानुपर्ने योजनाको उपभोक्ता समिति गठन गर्ने चिठी कतिपय मन्त्रीले निकायबाट ल्याएर आफैं बाँड्ने गरेको पाइएपछि प्रतिपक्षी दलले छानबिन समिति गठनको माग गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छः आईजीपी
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छः आईजीपी
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम सांसद साहद्वारा बहिष्कार
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
गृहमन्त्रीको दौडधुप, प्रशासनिक अनुगमनदेखि पारिवारिक भेटघाटसम्म
वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृ*त्यु, प्रशिक्षक पक्राउ
वीरगञ्जमा पौडी सिक्न गएका ९ वर्षीय बालकको डुबेर मृ*त्यु, प्रशिक्षक पक्राउ
यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
यू-१९ एसिया कप: श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
मुन्दम पदमार्गको प्रवर्द्धन गर्न राष्ट्रिय चित्रकला
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड
एसईईमा मधेश प्रदेशका ३१ हजार विद्यार्थी नन् ग्रेडेड