१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १२, २०८२
|
|
१९७ पटक हेरिएको
Shares
१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

सारांश

  • साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.
  • २१ अंक बढेको छ ।
  • सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ ।

१२ चैत, काठमाडौं ।

साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक नेप्से २९५० अंकमा कायम भएको छ । बजार बढ्दा पनि कारोबार रकम घटेको छ, अघिल्लो दिन १५ अर्ब ९ करोडको कारोबार भएकोमा आज १३ अर्ब १६ करोडको भयो । १७८ कम्पनीको मूल्य बढ्दा ८० को घट्यो भने ८ को स्थिर रह्यो।

जलविद्युत् समूह सबैभन्दा धेरै १.५६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१,  उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ तथा अन्य समूह ०.६५ प्रतिशत बढे । व्यापार २.८४ प्रतिशत घट्यो । जीवन बीमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशत घटे । ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् । त्यस्तै नेसनल हाइड्रोपावरको ६.२४, रिडी पावरको ६.१९ तथा शुभम पावरको ५.८० प्रतिशत मूल्य बढ्यो ।

पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.४८ प्रतिशत घट्यो । सिन्धु विकास बैंकको ३.५८ तथा कर्पोरेट डेभलपमेन्टको ३.२४ तथा विशाल बजारको ३.४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाई प्यानल, नेसनल हाइड्रोपावर, रिडी पावर र ङादी ग्रुप छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?