Press 4K
आइतबार, १८ आश्विन २०८३

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
४० पटक हेरिएको
Shares
मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

सारांश

  • माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अङ्ग्रेजी विषयको उत्तरपुस्तिका (कपी) जाँच कार्य मकवानपुरमा सुरु गरिएको छ ।
  •  जिल्लाका २८ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएसँगै कपी जाँचको प्रक्रिया अघि बढाइएको हो ।
  • शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख बसन्त अधिकारीका अनुसार जिल्लाभित्रका २० वटा विद्यालयमा कपी जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

१९ चैत,मकवानपुर ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत अङ्ग्रेजी विषयको उत्तरपुस्तिका (कपी) जाँच कार्य मकवानपुरमा सुरु गरिएको छ ।  जिल्लाका २८ वटा परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएसँगै कपी जाँचको प्रक्रिया अघि बढाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख बसन्त अधिकारीका अनुसार जिल्लाभित्रका २० वटा विद्यालयमा कपी जाँच गर्ने व्यवस्था मिलाइएको छ ।

उनले कपी जाँच कार्यलाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको जानकारी दिए ।  विद्यार्थीको मेहनत र भविष्यसँग जोडिएको विषय भएकाले कपी जाँचमा कुनै किसिमको लापरबाही हुन नदिन विशेष ध्यान दिएका छौं,’ प्रमुख अधिकारीले भने, ‘सम्बन्धित विषयका दक्ष शिक्षकहरूलाई परिचालन गरी मापदण्डअनुसार कपी जाँच भइरहेको छ ।’ कपी जाँच कार्यलाई समयमै सम्पन्न गरी निर्धारित अवधिभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखिएको उनले बताए ।

यसका लागि जाँचकर्तालाई आवश्यक निर्देशन दिइएको र अनुगमनसमेत तीव्र पारिएको जनाइएको छ । यस वर्ष मकवानपुर जिल्लामा एसईई परीक्षामा उल्लेख्य सङ्ख्यामा विद्यार्थी सहभागी भएका थिए । परीक्षा केन्द्रहरूमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएकाले परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको शिक्षा शाखाले जनाएको छ । कपी जाँच सुरु भएसँगै विद्यार्थी तथा अभिभावकमा नतिजाप्रति चासो बढेको छ । शिक्षा कार्यालयले भने निष्पक्ष र गुणस्तरीय मूल्याङ्कनमार्फत यथार्थपरक नतिजा सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना पक्राउ
काठमाडौं महानगरपालिकाले हुलाकबाट पठाए पूर्व राजालाई जरिवाना पत्र
काठमाडौं महानगरपालिकाले हुलाकबाट पठाए पूर्व राजालाई जरिवाना पत्र
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता
विपदमा देशभर ४९ जनाको मृत्यु, ४० जना बेपत्ता
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
निर्वाचन तयारीबारे छलफल गर्न सर्वपक्षीय बैठक आह्वान
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री
बागमतीमा हानेपाका बज्रचार्य बने भौतिक पूर्वाधार मन्त्री
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
अलग अलग दुई ठाउँमा ट्र्याक्टर दुर्घटना, दुई जनाकाे मृत्यु
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
बैंकर र व्यवसायी छुट्याउने भए तीन वर्ष अनिवार्य कुलिङ पिरियड राखौं–सांसद गौतम
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग
पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर्न रास्वपाको माग

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...