उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३, २०८२
|
|
३५ पटक हेरिएको
Shares
उपसभामुखलाई हटाउने कार्यको विरोध गर्छौं : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् ।
  • मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् ।
  • वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको प्रचण्डको टिप्पणी थिषे ।

३ भदौ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन् । मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गर्न लागेको भन्दै आफ्नो पार्टीले विरोध गर्ने बताएका हुन् । वर्तमान सरकार गठन भएदेखि नै गल्तीबाहेक राम्रो कुनै काम गर्न नसकेको प्रचण्डको टिप्पणी थिषे । प्रचण्डले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरे । ‘उहाँहरूको उपसभामुख हटाउने कुरा धेरै पहिलादेखिको हो ।

तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ,’ प्रचण्डले भने, ‘यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ । एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छौं ।’ प्रचण्डले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पित रहेको टिप्पणी गरे । उनले भने, ‘गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो ।’ सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले हस्ताक्षर संकलन गरिसकेका छन् । अहिले सत्ता गठबन्धनको बैठक सिंहदरबारमा जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग
रवि पक्षका वकिलको बहस सकियो, थुनामुक्त गराउन माग
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसान मर्कामा
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सेती प्रादेशिक अस्पतालमा डाक्टर कुटिए, एकजना पक्राउ
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
सिन्धुपाल्चोकमा भारत सरकारको सहयोगमा दुई स्वास्थ्य चौकी भवनको शिलान्यास
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
राष्ट्रिय हितको लागि दिगो विकास आवश्यकता छ : प्रचण्ड
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
बोसनिया र मलेसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
हितेन्द्रले फेसबुकबाटै दिए मन्त्री बनेका कुलमानलाई बधाई
आगामी बजेट तयारी गर्न राजस्व परामर्श समिति गठन
आगामी बजेट तयारी गर्न राजस्व परामर्श समिति गठन
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै
प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण
प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण