शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १५, २०८२
|
|
३० पटक हेरिएको
Shares
शान्तिबाटिकामा आज राप्रपाले ‘जनप्रदर्शन’ गर्दै

सारांश

  •  भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम हुने भएको छ।
  • कार्यक्रम दिउँसो साढे १ बजेका लागि तय भएको छ।
  • चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ तथा राजसंस्था पुन: स्थापनाको मागलाई बन्देज लगाउनेगरी बन्न लागेको कानून तत्काल रोकिनुपर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार जनप्रदर्शन गर्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले ​जानकारी दिएका छन्।

१५ वैशाख, काठमाडौं :

राप्रपा नेपालले रत्नपार्कको शान्तिबाटिकामा सोमबार जनप्रदर्शन गर्दैछ। भृकुटीमण्डपमा हुने भनिएको कार्यक्रम हुने भएको छ। कार्यक्रम दिउँसो साढे १ बजेका लागि तय भएको छ।

चैत्र १५ गते तीनकुने घटनामा पक्राउ परेकाहरूको तत्काल रिहाइ तथा राजसंस्था पुन: स्थापनाको मागलाई बन्देज लगाउनेगरी बन्न लागेको कानून तत्काल रोकिनुपर्ने भन्दै राप्रपा नेपालको आयोजनामा सोमबार जनप्रदर्शन गर्न लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले ​जानकारी दिएका छन्।  पार्टीको झण्डामा नभई कार्यक्रम राष्ट्रिय झण्डामा आयोजना हुनेछ, समान विचार भएका दल, समूह, अभियान , संघसंस्था र व्यक्तिहरूलाई सक्रिय सहभागिताको लागि पत्राचार गरेका छौँ’, उनले भने, ‘सबैको साथ, सहयोगको प्रतिबद्धता पाएका छौँ, हामी उत्साहित छौँ।

अध्यक्ष कमल थापाले विभिन्न शीर्ष नेताहरूसँग सम्पर्क ,समन्वय गरिरहेको भन्दै उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टसँग कुरा भएको  र उनीहरूले आउने आश्वासन दिएको दाबी महामन्त्री बर्तौलाले गरेका छन्। प्रदर्शनका क्रममा अनावश्यक घुसपैठ नहोस् भनेर स्वयंसेवकको व्यवस्था गरिएको छ भने कार्यक्रम पश्चात् सरसफाइको निमित्त भ्रातृ संगठन समन्वय विभागले समूह बनाएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
आज सहिद दिवस, सहिदको बलिदान सम्झँदै देशभर श्रद्धाञ्जली कार्यक्रम
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
बाढीले डाइभर्सन भत्काउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
उपसभामुखमा राप्रपालाई रास्वपाको समर्थन
उपसभामुखमा राप्रपालाई रास्वपाको समर्थन
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान
सरकारले खोल्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोष, योगदान गर्न सबैलाई आह्वान
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
गृहमन्त्रीको घोषणा : सशस्त्रका जवानलाई १६ वर्षमै पेन्सन दिने कानुन ल्याउँदैछौं
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ
ज्ञानेन्द्र शाहीसहित राप्रपाका प्रदर्शनकारी पक्राउ
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
संसद बाहिर सांसद : डीपी अर्यालको प्रशंसा, ‘बादल’को आलोचना
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
प्रहरीका ७८ एसपीको सरुवा, कसको कहाँ [सूचीसहित]
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै
सर्वोच्च अदालतमा मंगलबारदेखि रिट दर्ता खुलाइँदै