इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र १०, २०८३
|
|
१७८ पटक हेरिएको
Shares
इस्लाम धर्मका पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

सारांश

  • इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज मनाइँदैछ ।
  • विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मदको जन्म जयन्ती पर्व मनाउन लागेको हो ।
  •  मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो ।

 

१० भदौ, काठमाडौं ।

इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मदको जन्म जयन्ती पर्व मनाउन लागेको हो । मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । नेपाली मुस्लिम समुदायहरुले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरिएको पाइएको छ ।

यस दिन मुस्लिम धर्मावलम्बीहरू खुसी व्यक्त गर्दै हजरत मोहम्मदका शिक्षाको स्मरण गर्छन् । मस्जिदमा कुरान पाठ गर्ने, सामूहिक भोजन गर्ने तथा एक—अर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ । पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो । पछि साउदी अरबको मदिनामा गए । उनी जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत्) सुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?