भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण २, २०८२
|
|
२४ पटक हेरिएको
Shares
भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार जाँदै राप्रपा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै छ ।
  • राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो एक बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ ।
  • असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो ।

२ साउन, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सबै प्रकारका भ्रष्टाचार छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आज ज्ञापनपत्र बुझाउँदै छ । राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार आज दिउँसो एक बजे अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा टंगालस्थित अख्तियारको केन्द्रीय कार्यालय पुग्ने कार्यक्रम छ । असार १९ गते बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट राप्रपाले भ्रष्टाचार विरुद्ध देशव्यापी अभियान सन्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार प्रदर्शनसहित अख्तियारको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरिएको प्रवक्ता श्रेष्ठले बताए । ‘हामी भ्रष्टाचारका सबै काण्डहरुको शीघ्र अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउन, आयोगको ध्यानाकर्षण गराउन र दबाव दिन केन्द्रीय कार्यालय टंगालमा पुग्नेछौं,’ श्रेष्ठले भने, ‘राप्रपाले भ्रष्टाचार विरुद्ध प्रदर्शन सहित आयोग समक्ष ज्ञापनपत्र पेश गर्नेछ ।’ राप्रपाले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माग गर्दै सम्पत्ति शुद्धीकरणको कार्यालयमा पनि निवेदन दिने तयारी गरेको छ ।

राप्रपाका प्रवक्ता श्रेष्ठका अनुुसार राजनीतिक नेतृत्वको संरक्षण र संलग्नता विना भ्रष्टाचारका ठूला ठूला काण्डहरु सम्भव नै छैन । त्यसैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागको ध्यानाकर्षण गराउने कार्यक्रम तय गरिएको हो । राप्रपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रदेश कार्यालयहरु, सम्पत्ति शुद्धीकरण विभाग लगायतका भ्रष्टाचार हेर्ने निकायहरुमा चरणबद्ध रुपमा दबाबमूलक अभियान सन्चालन गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महान्यायाधिवक्ता बडालले दिए राजीनामा
महान्यायाधिवक्ता बडालले दिए राजीनामा
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं  भिड्दै
दोस्रो संस्करणको एनपिएल आजदेखि: उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
ममता काफ्ले प्रकरण: प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेशन हिस्ट्री
यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र
यस्तो छ प्रतिनिधि सभाका विषयगत समितिको कार्यक्षेत्र
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
आधुनिक र गुणस्तरीय शिक्षाको लक्ष्य निर्धारण गर्नुपर्छ: प्रधानमन्त्री ओली
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
एनसेलको सेयर बिक्रीविरुद्ध सांसद सिंहको रिट निवेदन न्यायाधीश ढुंगानाको इजलासमा
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड
संविधानको अग्रगामी प्रावधान उल्ट्याउने प्रयास हुँदैछ: प्रचण्ड
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि