Press 4K
बिहिबार, २५ भाद्र २०८३

श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र ६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
श्रम गन्तव्य मुलुकहरूमा अवस्था सामान्य बन्दैछ, उडानमा सहजीकरण गरिरहेका छौं : मन्त्रालय

सारांश

  • परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली देशहरुमा अवस्था सामान्य बन्दै गएको दाबी गरेको छ ।
  • मन्त्रालयले श्रम गन्तव्य मुलुकहरूमा अवस्था बिस्तारै सामान्य बन्दै गएसँगै श्रम स्वीकृतिसम्बन्धी कामहरुका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको जनाएको छ ।
  • शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रामकाजी खड्काले पश्चिम एसियाली श्रम मुलुकमा हालको अवस्था सामान्य बन्दै गएका कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिनेहरुको संख्या बढेको जानकारी दिए ।

६ चैत,काठमाडौं ।

परराष्ट्र मन्त्रालयले पश्चिम एसियाली देशहरुमा अवस्था सामान्य बन्दै गएको दाबी गरेको छ । मन्त्रालयले श्रम गन्तव्य मुलुकहरूमा अवस्था बिस्तारै सामान्य बन्दै गएसँगै श्रम स्वीकृतिसम्बन्धी कामहरुका लागि सम्पर्क गर्नेहरुको संख्या बढेको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव रामकाजी खड्काले पश्चिम एसियाली श्रम मुलुकमा हालको अवस्था सामान्य बन्दै गएका कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिनेहरुको संख्या बढेको जानकारी दिए । मन्त्रालयले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्समार्फत दमाम, दुबई, मस्कट, दोहा, शारजाह र अबुधाबी जस्ता गन्तव्यमा यथाशीघ्र उडान सञ्चालनका लागि अनुमति प्रक्रिया अगाडि बढाउन नागरिक उड्डयन प्राधिकरण क्यानलाई सिफारिस गरिसकेको उनले जानकारी दिए । यसका लागि आवश्यक पत्राचार भइरहेको बताए ।

उनले आपतकालीन अवस्थालाई मध्यनजर गर्दै इमर्जेन्सी कन्ट्रोल रुम सञ्चालनका लागि तयार गरिएको स्ट्यान्डर्ड अपरेटिङ प्रोसेड्योर अनुमोदन भई कार्यान्वयनका लागि परराष्ट्र मन्त्रालयमा पठाइएको र त्यसको कार्यान्वयन प्रक्रिया जारी रहेको जानकारी दिए । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८२ चैत्र ३ गतेबाट पश्चिम एसीयाली श्रम मुलुकमा हालको परिस्थतीमा सुधार नभएसम्म श्रम स्कृती गर्ने कार्य स्थगित गरेको उनले बताए ।

विशेष गरी इजरायल (इरान द्वन्द्वसँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्र तथा कुवेत, बहराइन र इराकमा आकाश मार्ग पूर्ण रूपमा नखुलेको अवस्था बाहेक अन्य स्थानमा हवाई सेवा सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सले पश्चिम एसियाका प्रमुख शहरहरूमा उडान सञ्चालनका लागि अनुमति (पर्मिट)पाउने प्रक्रिया छिटो अघि बढाउन आग्रह गरिएको छ । मन्त्रालयले यात्रुले हवाई भाडा बेहोर्ने गरी उडान सञ्चालन गरिन क्यानलाई आवश्यक समन्वय गरी द्रुत रूपमा पर्मिट प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वकीय सचिवको निर्णयविरुद्ध सर्वोच्चमा रिट
स्वकीय सचिवको निर्णयविरुद्ध सर्वोच्चमा रिट
सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई रास्वपाले साधारण सदस्यबाटै हटाउने
सरूवा, बढुवा तथा नियुक्तिको सिफारिस गर्नेलाई रास्वपाले साधारण सदस्यबाटै हटाउने
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
सर्लाही–३ मा जसपा नेपालबाट मनोज यादवसहित चार जनाको नाम सिफारिस
पौडी टोली शुक्रबार भारत जाँदै
पौडी टोली शुक्रबार भारत जाँदै
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
भैंसेपाटीस्थित मन्त्रीहरूको सरकारी निवासमा सेनाको हेलिकप्टर
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
चीनमा ह्युमनोइड रोबोटको छलाङ, माग बढ्दो
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
सीमा क्षेत्रमा हुने लागुऔषधको समस्या न्यूनीकरण गर्न निर्देशन
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्री अस्वस्थ, सांसद्सँग प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...