स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, भाद्र २७, २०८०
|
|
९५ पटक हेरिएको
Shares
स्थानीय तहले तोकेको सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने

सारांश

  •   अब निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेबमोजिम सञ्चालन हुनेछ भने स्थानीय तहले तोकेको शीर्षक र सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने भएका छन् ।
  • सार्वजनिक विद्यालयले भने शुल्क लिन पाउने छैन ।
  • नयाँ निजी विद्यालयको सञ्चालन गुठी (बोर्ड अफ ट्रष्टी) को मातहत हुनेछ भने हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा जान भने बाध्य हुने छैन ।

२७ भदौं, काठमाडौं ।  अब निजी लगानीका विद्यालय स्थापना र कक्षा थपको स्वीकृति प्रदान गर्दा स्थानीय तहले तोकेबमोजिम सञ्चालन हुनेछ भने स्थानीय तहले तोकेको शीर्षक र सीमामा मात्र निजी विद्यालयले शुल्क लिन पाउने भएका छन् ।

सार्वजनिक विद्यालयले भने शुल्क लिन पाउने छैन । नयाँ निजी विद्यालयको सञ्चालन गुठी (बोर्ड अफ ट्रष्टी) को मातहत हुनेछ भने हाल सञ्चालनमा रहेका निजी विद्यालय गुठीमा जान भने बाध्य हुने छैन । नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सो व्यवस्थाको उल्लेख गरिएको हो ।

विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड बनाइ उचित व्यवस्थापनका लागि मन्त्रिपरिषद्बाट पारित गरेर सो विधेयक प्रतिनिधिसभामा आज दर्ता गरिएको हो । दर्तापछि विधेयकलाई सङ्घीय संसद् सचिवालयले वेभसाइटमा समावेश गरेको छ । यस विधेयकमा विद्यालय स्थापनाका आधारलाई स्पष्ट र पारदर्शी बनाइएको छ ।

यस विधेयकले शिक्षकको तलब वृद्धिको अधिकतम् दर, मिति २०७५ चैत ४ पछि नियुक्त हुने शिक्षकको निवृत्तिभरण कोष ऐन, २०७५ को व्यवस्था समेतका आधारमा कट्टा हुने र थप हुने रकम नियमावलीबमोजिम निर्धारण हुने प्रबन्ध गरेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अभिभावकमध्येबाट चयन हुनेछ । यसैगरी विद्यालय कर्मचारीका लागि सुविधाको व्यवस्था गरिएको छ । विधेयकमा नेपाल शिक्षक महासङ्घका पेसागत मागलाई अधिकतम् सम्बोधन गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा
बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
तिलोत्तमाको रेस्टुरेन्टमा काम गर्ने एक युवती झुण्डिएको अवस्थामा मृत फेला
राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा
राजावादी आन्दोलनबाट पक्राउ परे अध्यक्ष कमल थापा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
राष्ट्रपति पौडेल उपप्रधानमन्त्री पौडेल र पोखराका मेयरको स्वास्थ्य अवस्था बुझ्न कीर्तिपुरमा
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
प्रचण्डलाई रघुजी पन्तको जबाफ- तपाईंलाई नचाहिए प्रमुख प्रतिपक्षी दलको नेता जनार्दनलाई दिनुस्
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
२९ दिनपछि खुल्यो विद्यालय,राेकिएकाे भर्ना र पठनपाठन सुरू
लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
लेक लागेका ४ अमेरिकी नागरिकको हेलिकप्टरबाट उद्दार
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
मधेसी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
करिब साढे ५ लाख मुल्य बराबरको अवैध मोविल बरामद
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...