बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ४, २०८०
|
|
३७ पटक हेरिएको
Shares
बाढी प्रभावित क्षेत्रमा सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने: प्रधानमन्त्री प्रचण्ड

सारांश

  • ताप्लेजुङ र पाँचथरका नेताहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी, राहत र पुनर्स्थापनाको काममा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेताहरुले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन माग गरे ।
  • साथै सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक व्यवस्था मिलाउन पनि माग गरे ।

काठमाडौं ।

ताप्लेजुङ र पाँचथरका नेताहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी, राहत र पुनर्स्थापनाको काममा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेताहरुले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन माग गरे । साथै सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक व्यवस्था मिलाउन पनि माग गरे ।

भेटमा प्रधानमन्त्री प्रचण्डले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका थिए । बाढी पहिरोले पुर्याएको क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यातायात सम्पर्क टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको जानकारी गराए ।

तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशन दिइएको बताउँदै प्रधानमन्त्री प्रचण्डले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाइने पनि बताए । प्रधानमन्त्रीसँगको भेटमा पूर्वमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्री लगायतका नेता एवं जनप्रतिनिधिहरू थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
कपिलवस्तु दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
भारतमा रहेका नेपालीलाई सचेत र सुरक्षित रहन नेपाली राजदूतावासको आग्रह
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
प्रादेशिक अस्पताल मलगंवालाई १०० बेडमा स्तरोन्नति
संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग
संसद्‍मा रास्वपाले उठायो भिजिट भिसाबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठनको माग
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
नक्कली प्रमाणपत्रको आरोपमा महोत्तरीको प्रादेशिक आयुर्वेदकी चिकित्सक साहविरुद्ध मुद्दा दायर
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति
बरहथवा घटना : पीडित पक्ष र प्रशासनबीच सहमति