आज तीन वटा संसदीय समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन ५, २०८३
|
|
८२ पटक हेरिएको
Shares
आज तीन वटा संसदीय समितिको बैठक बस्दै

सारांश

  • आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
  • संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक बस्ने छन् ।
  • सोमबार बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, बाढीबाट प्रभावित नागरिकहरूको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल गर्ने कार्यसूची छ।

५ असोज, काठमाडौं ।

आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार सोमबार कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक बस्ने छन् । सोमबार बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन, बाढीबाट प्रभावित नागरिकहरूको मानव अधिकार संरक्षण तथा जलवायु न्यायका विषयमा छलफल गर्ने कार्यसूची छ।

उक्त छलफलका लागि समितिले गृह मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामला मन्त्रालयका सचिवहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखलाई समेत आमन्त्रण गरेको छ। यसैगरी बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्क अन्तर्गतका क्षेत्रीय कार्यालय तथा अनुसन्धान केन्द्रहरूको स्थलगत अनुगमनबाट पहिचान भएका समस्या तथा चुनौती, प्राप्त निष्कर्ष एवं कृषि अनुसन्धान प्रणाली सुदृढीकरणका उपायका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

छलफलका लागि समितिले कृषि मन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् र नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका निर्देशनालय, कार्यक्रम तथा केन्द्रका प्रमुख/प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ । यसैगरी सोमबार बिहान १० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोट, धादिङ जिल्लामा जनजीवन र पूर्वाधारमा परेको क्षति, पुनर्स्थापना तथा पुनर्निर्माण, पुनर्निर्माणका लागि आवश्यक लगानी व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु
गाडी मर्मत गर्ने क्रममा किचिएर मजदुरको मृ*त्यु
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   
नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश
नेसपा केन्द्रीय सदस्य साहसहितका नेताहरू माओवादीमा प्रवेश
सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सुनवलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा
माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा
ओलीलाई शेखरको प्रश्न : कुलिङ पिरियड नराख्‍ने हठ किन र कस्को लागि ?
ओलीलाई शेखरको प्रश्न : कुलिङ पिरियड नराख्‍ने हठ किन र कस्को लागि ?
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
प्रधानाध्यापक हत्या प्रकरण : प्रेमिकासहित ७ जना पक्राउ
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै
पूर्वसभामुख सापकोटाको मुद्दामा फैसला हुँदै