दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २९, २०८२
|
|
२५ पटक हेरिएको
Shares
दिलभूषणपछि अर्का पत्रकार नारायण अर्यालको घरमा पनि प्रहरी

सारांश

  • पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल प्रहरीले अर्का पत्रकार नारायण अर्यालमाथि पनि निगरानी बढाएको छ ।
  • बिहीबार बिहानदेखि कुपन्डोलस्थित उनी बस्दै आएको घरमा सादा पोशाकका प्रहरी खटाइएको उनले बताएका छन् ।
  • सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका छन् ।

 २९ जेठ, काठमाडौं ।

पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको नेपाल प्रहरीले अर्का पत्रकार नारायण अर्यालमाथि पनि निगरानी बढाएको छ । बिहीबार बिहानदेखि कुपन्डोलस्थित उनी बस्दै आएको घरमा सादा पोशाकका प्रहरी खटाइएको उनले बताएका छन् । सादा पोशाकका प्रहरी घर पुग्नुअगावै पत्रकार अर्याल बाहिरिसकेकाले पक्राउबाट जोगिएका छन् । उनले अहिले कुनै स्थानमा बसिरहेको खबरहबलाई जानकारी दिएका छन् ।

पत्रकार अर्यालले अर्का पत्रकार पाठकसँग जोडेर आफूलाई प्रहरीले खोजिरहेको प्रतिक्रिया दिएका छन् । उनले आफू पत्रकार पाठकसँग ‘अफिसियल्ली इन्भल्भ’ नरहेको पनि बताएका छन् । प्रहरीले यस अघिदेखि नै पत्रकार पाठकको खोजी गरिरहेको छ । साइबर ब्यूरोमा परेको जाहेरीका आधारमा पाठकविरुद्ध मंगलबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यही पुर्जी लिएर बुधबार उनलाई पक्राउ गर्न साइबर ब्यूरोको टोली धुम्बाराहीस्थित निवासमा पुगेको थियो । पाठकले तीन साताअघि कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका पुत्र जयवीर देउवाको लगानी हिल्टन होटलमा रहेको युट्युब भिडियो बनाएका थिए । त्यही भिडियोलाई लिएर पाठकविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
उच्च मनोबलका साथ काम गर्न प्रहरीलाई गृहमन्त्री अर्यालको निर्देशन
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
मन्त्रालयमै बसेर कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
मन्त्रालयमै बसेर कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
सुवर्ण गाउँपालिकाद्वारा ४३ करोड ८ लाख बजेट सार्वजनिक, स्वर्गीय रामअयोध्या प्रसाद यादवको शालिक बनाउने निर्णय
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
अदालतमा रवीन्द्रको दाबी- तीनकुने घटनामा मेरो संलग्नता छैन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
२००८ पछि जन्मेकाले बेलायतमा जीवनभर चुरोट किन्न नपाउने
विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च
विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च