संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ३, २०८२
|
|
२७ पटक हेरिएको
Shares
संसदबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय भएनः राष्ट्रपति पौडेल

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन् ।
  • संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अन्तरिम सरकार आम सहमतिको आधारमा बनाएको बताएका हुन् ।
  • ‘प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं’ उनले भने, ‘६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं ।

३ असोज, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रतिनिधिसभाबाट मन्त्रिपरिषद् गठन गर्ने कुनै उपाय बाँकी नरहेको बताएका छन् । संविधान दिवसको अवसरमा शुक्रबार राष्ट्रपति कार्यालयले आयोजना गरेको चियापान समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले अहिलेको अन्तरिम सरकार आम सहमतिको आधारमा बनाएको बताएका हुन् ।

‘प्रतिनिधिसभाबाट मन्त्रिमण्डल गठन गर्ने कुनै उपाय नभएकोले आम सहमतिबाट यो कदम चालिएको कुरा सबैले बुझौं’ उनले भने, ‘६ महिनाभित्र प्रतिनिधिसभा ल्याउने चुनाव सम्पन्न गर्न सबै जागौं ।’ राष्ट्रपति पौडेलले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्ने विश्वास व्यक्त गरे । ‘नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्नेछ भन्ने मेरो दृढ विश्वास छ’ उनले भने, ‘अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नेछ ।’ समयमा निर्वाचन सम्पन्न गर्नु सबै नेपालीको अहिलेको मुख्य कार्यभार रहेकोमा उनले जोड दिए ।

‘यो घडीमा म सबै राजनीतिक दल, मुलुकको शासन तथा व्यवस्थापनमा आबद्ध निकाय, बौद्धिक समुदाय र नागरिक समाजलाई असमझदारी र द्वन्द्वरहित भएर सहमति र सहकार्यका साथ निर्वाचनको सफलताको लागि क्रियाशील हुन आह्वान गर्दछु,’ उनले भने । उनले राष्ट्रको अभिभावकको रूपमा भूमिका निर्वाह गरिरहेको भन्दै अहिलेको अप्ठ्यारो स्थितिबाट पार लगाउन सबै मिलेर काम गर्नुपर्ने बताए । ‘नवपुस्ताको र जनचाहना अनुसार तत्कालीन समयमा जे जति गर्न सकिन्थ्यो हामी सबैले मिलेर गरेका छौं’ उनले भने, ‘मुलुक फेरि एकपटक परिवर्तनको नवमार्गमा प्रवेश गरेको छ ।’  अप्ठ्यारो परिस्थिति सम्हाल्न भूमिका खेलिरहेको राष्ट्रपति पौडेलले उल्लेख गरे ।

‘परिस्थितिले मलाई भदौ २४ पछि उत्पन्न राजनीतिक अप्ठ्यारो र रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ’ उनले भने, ‘सबैको सुझबुझ समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौं ।’ उनले लोकतन्त्रको र संविधानको भावना अनुरुप काम गर्न सबैलाई आग्रह गरे । ‘आजको सन्दर्भमा सुशासन बेथितिको अन्त्य, रोजगारी सिर्जना, वातावरणीय दिगोपन, सामाजिक न्यायलाई प्राथमिकतामा राखे मात्र संविधानले परिकल्पना गरेको समतामूलक र समृद्ध नेपाल सम्भव छ’ उनले भनेको छ, ‘जेनजी पुस्ताले अहिले मागेको भ्रष्टाचार र बेथिति अन्त्य होस् भन्ने कुरा सबैले मनन गरौं र सुध्रिएर अघि बढ्ने अठोट गरौं ।’ सम्बोधनको क्रममा राष्ट्रपति पौडेलले पछिल्लो भदौ २३ र २४ गते भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गरे । चियापान समारोहमा विभिन्न दलका शीर्ष नेतासहित जेन-जी प्रतिनिधिहरू पनि सहभागी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
तीस करोडको लागतमा अस्पताल भवन निर्माण   
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सर्लाहीको हरिपुरमा भरुवा बन्दुकसहित हरिणको मासु बरामद
सर्लाहीको हरिपुरमा भरुवा बन्दुकसहित हरिणको मासु बरामद
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
रविले बोलाएको सर्वदलीय बैठक हर्क साम्पाङले गरे बहिष्कार
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय
कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
शपथपछि रास्वपाको बैठक : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दल
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
रविलाई पक्राउ गर्न माग गर्दै कास्की जिल्ला प्रशासन बाहिर सहकारी पीडितको नाराबाजी
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव
विश्व क्रान्तिका नायक चे ग्वेभारा, हत्याको ४७ वर्षपछि मात्र भेटियो उनको शव
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
मिटरब्याज सम्बन्धी उजुरी लिन जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु
सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृ*त्यु