Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

चिकित्सकका माग पूरा गर्न रास्वपाको माग

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ ।
  • रास्वपाकी केन्द्रीय स्वास्थ्य  तथा जनसंख्या विभाग प्रमुख डा.
  • तोसिमा कार्कीले विज्ञप्ति निकालेर आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् ।

 

१२ वैशाख, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ । रास्वपाकी केन्द्रीय स्वास्थ्य  तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले विज्ञप्ति निकालेर आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् ।

‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गरी समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्तको समेत सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अबिलम्ब पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई जिम्मेवार हुन जोडदार माग गर्दछ’ विज्ञप्तिमा उल्लेख छ । निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले उनीहरूका माग सरकारले सुन्नुपर्ने आग्रह गरेकी छन् । विज्ञप्तिमा लेखिएको छ, ‘…विगत लामो समयदेखि सम्मानजनक निर्वाह भत्ता र न्यायोचित ड्युटी आवरको माग गरी आन्दोलनरत रहेको

स्थितिले आम नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार समेत प्रभावित भएको स्थिति र यसप्रति राज्यले देखाएको उदासिनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ आवासीय चिकित्सकहरुले सरकारी सरह भत्ता लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन् । चिकित्सा शिक्षा आयोगले सरकारी सरह भत्ता दिन निजी मेडिकल कलेजहरुलाई निर्देशन दिँदा पनि कार्यान्वयन नभएको विरोधमा उनीहरुले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?