नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
३१ पटक हेरिएको
Shares
नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकममा भने सामान्य सुधार

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ ।
  • यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.
  • ४० अंकले घटेर २४८७.

३० असोज, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसुचक घटेर बन्द भएको छ । यसअघि दुई कारोबार दिन लगातार घटेको नेप्से आजपनि १८.४० अंकले घटेर २४८७.१७ अंकमा झरेर बन्द भएको हो । यसदिन कुल ३११ स्टकको ३ अर्ब २७ करोड ५४ हजार रुपैयाँको ७६ लाख ४३ हजार कित्ता शेयर कारोबार भएको छ । ३६ हजार ५३१ पट्कको कारोबारमा उक्त शेयर किनबेच भएको हो । यसअघि बुधबार ३ अर्ब १० करोड रुपैयाँको ७६ लाख ११ हजार कित्ता शेयर करोबार भएको छ । आज सेन्सिेटिभ इन्डेक्स १.७३, फ्लोट इन्डेक्स १.१६ र सेन्सिेटिभ फ्लोट इन्क्डेक्स ०.६२ अंकले घटेको छ । आज हिमालयन पाावर लिसमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ४२ रुपैयाँले बढेर प्रतिकित्ता ४६५ रुपैयाँमा आन्तिम करोबार भएको छ ।

त्यसैगरी समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घट्दै प्रतिकित्ता २०८.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज मुक्तिनाथ विकास बैंक नेपाल रिइन्स्योरेन्स, शिव्म सिमेन्ट र एनआरएन इन्फ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ । १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
कारोबारसँगै बढ्यो सेयर बजार, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
कारोबारसँगै बढ्यो सेयर बजार, ४ कम्पनीमा १० प्रतिशत वृद्धि
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
एनपीएल उद्घाटन प्रधानमन्त्रीले गर्ने, २ हजार बढी सुरक्षाकर्मी परिचालन
विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा
विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
सहकारी ठगी प्रकरण : ज्योति गुरुङसहित दुई जनाविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
ललितपुरको पुलचोक आसपास क्षेत्रमा ६ महिनासम्मका लागि निषेधाज्ञा जारी
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको १३ लाख २० हजारसहित एक भारतीय पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?