गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ २१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
गिरिजाबाबु नभएको भए गणतन्त्र आउने थिएनः देउवा

सारांश

  •   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्।
  • शनिबार काठमाडौँमा स्व.
  • गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

२१ असार, काठमाडौं । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। स्व. कोइराला लडाकु व्यक्ति भएको स्मरण गर्दै उनी नभएको भए गणतन्त्र ल्याउन कसैले पनि सोच्न नसक्ने स्थिति रहेको बताए। गणतन्त्र ल्याउने पहिलो श्रेय गिरिजाप्रसाद कोइरालालाई जाने उनको भनाइ थियो।

उनले भने,’गिरिजाबाबु धेरै लडाकु व्यक्ति हो। उहाँ नभएको भए आज गणतन्त्र आउने थिएन। त्यस्तो आँटिलो व्यक्ति हो। हिम्मतिलो व्यक्ति हो। गणतन्त्र ल्याउन भनेर सोच्नै सक्दैन थिए। उहाँले हिम्मत गर्नुभएकै हो। अरु पार्टीसँग सरसल्लाह गरेर, पहिलो संविधान सभाबाट संविधान बनेन तर गणतन्त्र पहिलो संविधान सभाको पहिलो दिनमै पास भयो। गणतन्त्र ल्याउने सच्चा मानेमा भन्ने हो भने गिरिजाप्रसादलाई जान्छ श्रेय।’ उनले कोइराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको बताए। पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले गिरिजा र तत्कालीन राजा ज्ञानेन्द्रलाई ‘गिरिजा र ज्ञानेन्द्र एउटै हुन्’ भनेको बताए।

उनले भने, ‘स्व. गिरिजाबाबु र मेरो बीचमा झगडा पनि भएकै हो। सबैलाई थाहा छ। उहाँले पार्टीबाट निकालिदिनु भयो। मैले अर्को पार्टी खोलेँ फेरि। त्यसकारण अनि मैले एक पटक के भनेको थिएँ भने राजाले मलाई खोस्यो, अनि मैले गिरिजा र ज्ञानेन्द्र एउटै हुन् भनेको थिएँ। एउटाले पार्टीबाट निकाल्यो, अर्कोले प्रधानमन्त्रीबाट निकाल्यो भनेर त्यस्तो हाम्रो सम्बन्ध हो। राजाले शाही आयोग गठन गरेर मलाई जेल हाल्यो। शाही आयोग मान्दै मान्दिनँ भनेर मैले बढो डेन्जरले भनेँ। मुद्दा हालेँ पनि, सर्वोच्चबाट जितिहालेँ म। थुनेपछि भेट्न आउनुभएको थियो, गिरिजाबाबु। पार्टीमा एक भएर काम गर्‍यौँ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुन्छ : प्रधानमन्त्री
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
ग्यास चुहावट भई आगलागी हुँदा सात लाखबढीको क्षति
वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन, साढे ३ प्रतिशतले घट्यो आयात
वीरगञ्ज भन्सारद्वारा साउनमा १२ अर्ब १६ करोड राजस्व सङ्कलन, साढे ३ प्रतिशतले घट्यो आयात
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
गोरखामा लिची बिक्रीबाट रु ११ करोड आम्दानी
यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले  ५ विकेट गुमाए
यू-१९ महिला विश्‍वकप : ३० रन जोड्दा नेपालले ५ विकेट गुमाए
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट   
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
समाजवादी मोर्चाले आज विराटनगरमा सभा गर्दै
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
आज गुरु पूर्णिमा : गुरुजनप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा
जातको आधारमा नभइ समावेशी सोच आवश्यक छ : देउवा