आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण १७, २०८३
|
|
४२ पटक हेरिएको
Shares
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सारांश

  • देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानको आसपास तथा पूर्वी नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।
  • सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।

 

काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानको आसपास तथा पूर्वी नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी क्षेत्रका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। त्यसैगरी, आज राति पनि देशभर बदली रहने र कोशी, बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थानमा पनि वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने जनाएको छ। भारी वर्षासँगै गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएका बस्ती र सडक प्रयोगकर्तालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। विभागले प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत आंशिकदेखि पूर्ण असर पर्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार
प्रचण्ड पुगे बाँके र बर्दियाका शहीद परिवारको घर, कमलको पातमा ढिग्रीको सत्कार
गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु
गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
च्याम्पियन्स ट्रफीको फाइनलः न्यूजिल्याण्डले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
प्रधानमन्त्रीबाट धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ को शिलान्यास
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
सरकार र चिनियाँ ठेकेदारविरुद्ध प्रदर्शन
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
निर्वाचन आयोगप्रति गरिएको टिप्पणीप्रति आयोगको आपत्ति
करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु