लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ १६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू

सारांश

  • लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू भएको छ ।
  • लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलन मुख्यमन्त्री चेतनारायण आचार्यले शिखर सम्मेलनको शुक्रबार उद्घाटन गरे ।
  • मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गरे ।

१६ जेठ, रूपन्देही ।

लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन सुरू भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको सहकार्यमा आयोजित सम्मेलन मुख्यमन्त्री चेतनारायण आचार्यले शिखर सम्मेलनको शुक्रबार उद्घाटन गरे ।मुख्यमन्त्री आचार्यले भगवान् गौतम बुद्धको शिक्षा करूणा, नैतिकता, मध्यममार्ग र सामाजिक न्यायमा आधारित रहेको उल्लेख गरे ।

उनले यी शिक्षाहरू समतामूलक, सन्तुलित र न्यायपूर्ण आर्थिक संरचना निर्माणका लागि प्रेरणास्रोत भएको बताए । मुख्यमन्त्री आचार्यले भने,’आजको असमानता, गरिबी, उपभोक्तावाद र पर्यावरणीय संकटजस्ता चुनौतीहरूको सामना गर्न बुद्धको विचार झनै सान्दर्भिक बनेको छ । यो सम्मेलनले बौद्ध शिक्षाको आलोकमा दिगो विकास, हरित अर्थतन्त्र, सामाजिक न्याय र मानव कल्याणमा आधारित आर्थिक दृष्टिकोणको खोजीमा गम्भीर बहस र छलफलको अवसर प्रदान गरेको छ ।’

उनले प्रदेश सरकारले बुद्ध जन्मस्थलमा आउने पर्यटकलाई सिंगो प्रदेश घुमाउने बहुआयामिक योजना अघि सारेको जनाए । ‘यस सम्मेलनले ती योजनाहरूलाई मूर्त रूप दिन योगदान पुर्‍याउनेछ भन्ने विश्वास लिएको छु । लुम्बिनीलाई आधार मानेर समग्र प्रदेशको विकास गर्न सकिन्छ भन्ने आत्मविश्वास हामीसँग छ । तसर्थ, लुम्बिनी क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ,’ मुख्यमन्त्री आचार्यको भनाइ थियो । सम्मेलनबाट प्राप्त हुने विचार, सुझाव र निष्कर्षहरूले केवल लुम्बिनी प्रदेशलाई मात्र नभई सम्पूर्ण मानव समाजलाई समुन्नत, न्यायपूर्ण र दिगो आर्थिक विकासतर्फ उन्मुख गराउने मार्गदर्शन गर्ने विश्वास उनले व्यक्त गरे ।

सम्मेलनको उद्देश्य बौद्ध शिक्षाको प्रचारप्रसारसँगै लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति र आर्थिक विकासमा योगदान पुर्‍याउनु रहेको छ । बौद्ध धर्मका सिद्धान्तमा आधारित रही स्थायी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यका अवसरबारे सम्मेलनमा गहन छलफल हुने लुम्बिनी विश्वविद्यालयका रजिस्टार डाक्टर तिलक आचार्यले बताएका छन् । सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद्, आर्थिक विज्ञ, पर्यटन व्यवसायी, प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिव तथा आर्थिक क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको सूचना अधिकारी चूडामणि पोखरेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
किसानलाई आधुनिक र व्यावसायिक बनाउँदै मालारानी
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
आजको मौसम : पहाडी र हिमाली भुभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
शपथपछि आन्दोलनका घाइते भेट्न कुलमान अस्पतालमा
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने पूर्वमन्त्री रामनाथ अधिकारीको घोषणा
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव
उपसभामुखलाई राजीनामा दिन एमालेको सुझाव
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने सुझाव