सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन २०, २०८२
|
|
४४ पटक हेरिएको
Shares
दमौली कारागारका १३५ कैदीबन्दी सम्पर्क बाहिर

सारांश

  • जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ ।
  • कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।
  • त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिए ।

२० असोज, तनहुँ ।

जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल ३२७ रहेकामध्ये १३५ जना अझै आउँन बाँकी रहेको कारागार प्रशासनले जनाएको छ ।

त्यसैगरी कास्की, चितवन, धादिङ र काठमाडौँका गरी ४५ जनालाई नियन्त्रणमा लिएर सम्बन्धित कारागारमा पठाइसकिएको निमित्त जेलर श्यामसिं बोहराले जानकारी दिए । बेसींसहरस्थित जिल्ला कारागारको जीर्ण पर्खाल भत्किएपछि असुरक्षा बढ्दा त्यहाँका सबै कैदीबन्दीलाई दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको थियो ।  लमजुङ कारागारबाट ६ महिलासहित १०९ कैदीबन्दीलाई स्थानान्तरण गरिएको थियो ।

दमौली कारागारमा ३१ र कास्की कारागार कार्यालयमा ७८ कैदी तथा थुनुवा गरी १०९ जनालाई पठाइएको प्रहरीले जनाएको छ । आउन बाँकी रहेका कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिइएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनले भने- ‘एक सयको हाराहारीमा कैदीबन्दी कारागार आउन सक्छन्, तर केही जघन्य अपराधका कैदीबन्दी फरार हुन सक्नेतर्फ प्रहरीले कडाइका साथ निगरानी बढाइएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
स्वास्थ्य बीमामा आबद्ध भए मात्रै कडा रोग लागेका बिरामीले सुविधा पाउने
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
नेपाललाई पुनः हिन्दू राष्ट्र बनाउन हिन्दु सम्राट सेनाको बृहत सम्मेलन
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
आज देशभरको मौसम सफा रहने पूर्वानुमान
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
तोलामा ४ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
प्रचण्डविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चले २८ मंसिरमा निर्णय सुनाउने
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी
बागमती प्रदेश सरकारमा एमाले प्रवेश, थपलियालाई आजै शपथ गराउने तयारी