Press 4K
बिहिबार, १४ श्रावण २०८३

संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २, २०८२
|
|
२० पटक हेरिएको
Shares
संसदीय राजनीतिबाट विश्राम लिए पनि राजनीतिक संघर्ष जारी नै रहन्छ : सी.के. राउत

सारांश

  • जनमत पार्टीका अध्यक्ष डा.
  • सी.
  • के.

२ चैत,काठमाडौं ।

जनमत पार्टीका अध्यक्ष डा. सी.के. राउतले संसदीय राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । राउतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक विज्ञप्ती जारीगर्दै आफुले संसदीय राजनीतिबाट विश्राम लिएको जनाएका हुन् ।

यद्यपी, राजनीतिको संघर्ष भने जारी राख्ने समेत उनले जानकारी गराएका छन् । विज्ञप्तीमा भनिएको छ,‘संसदीय राजनीतिबाट सन्यास लिएपनि संघर्षको राजनीति जारी राख्नेछु । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने छु ।’ उनले दुई पटक व्यक्तिगत इच्छा विपरीत संसदीय निर्वाचन लडेको दाबी गरेका छन् । २०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टी बनाएको संस्थापकको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार रहेको उल्लेख गरे ।

‘दुई पटक व्यक्तिगत ईच्छा विपरीत संसदीय निर्वाचन लडें, एक पटक जीतें, एक पटक हारें । तर दुईटै पटक निर्वाचनमा भाग लिने निर्णयबाट खुशी नै छु,’ उनले भने, ‘२०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टी बनाएको संस्थापक अध्यक्षको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार थियो ।’ त्यसैगरी, फागुन २१ गतेकोे निर्वाचनमा पनि आफू उम्मेदवार नबन्ने पक्कापक्की भए पनि अन्तिम क्षणमा कार्यकर्ताको मनोबल गिर्न नदिन चुनावी मैदानमा उत्रिएको बताए ।

‘कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔँ भनेर मौका खोज्दाखोज्दै २०८२ को निर्वाचन नलड्ने पक्कापक्की थियो,’ उनले भने, ‘तर साथीभाइको सल्लाह मान्दै उठेर ठीक गरेछु भन्ने लाग्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...