चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, कार्तिक २२, २०८२
|
|
१६ पटक हेरिएको
Shares
चितवनमा रास्वपाको विस्तारित बैठक जारी, इतिहास निर्माण गर्ने दाबी

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा जारी छ ।
  • शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ ।
  • बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ ।

२२ कात्तिक, चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक शनिबार पनि निरन्तर चलिरहेको छ । बैठकमा आगामी निर्वाचन तयारीसहित पार्टी संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल भइरहेको पार्टीले जनाएको छ । बैठकलाई सम्बोधन गर्दै रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीले नयाँ इतिहास निर्माण गरिरहेको बताएका छन् ।

उनले भने, ‘हाम्रो नयाँ पार्टी हो, हामी इतिहास निर्माण गर्दै गइरहेका छौँ । अर्को ७० वर्षपछि जब पत्रकार र शोधकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीको इतिहास लेख्नेछन्, उनीहरूले चितवनमा सुरु भएको यो विस्तारित बैठकको पनि उल्लेख गर्नेछन् ।’ डा.वाग्लेले पार्टी पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको बताउँदै त्यसलाई पार्टी विकासको स्वाभाविक चरणका रूपमा व्याख्या गरे । ‘यो सुशासन र समुन्नती महाअभियानको एउटा खुट्किला हो,’उनले भने, ‘हामी अहिले विशेष चरणमा छौँ, मुलुक पनि असामान्य संक्रमणकालीन अवस्थामा छ । आन्तरिक र बाह्य चुनौतीबीच पनि हामी न्याय र एकताको सन्देश बुलन्द गर्न तयार छौँ ।’

साथै उनले मुलुक आफैं पनि संक्रमणकालीन अवस्थामा रहेको बताए । उनले पार्टीमा पनि केही आन्तरिक र बाह्य चुनौतीहरु थुपरिरहेको अवस्थामा न्याय र  एकताको सन्देश बुलन्द गर्ने अवस्थामा आफूहरु रहेको बताए । बैठक परिसरमा संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै नेता हरि ढकालले आफ्नो पार्टी वैकल्पिक नभइ मूलधारको भएको बताए । नेता शिशिर खनालले जेनजी आन्दोलनका क्रममा उठेका मुद्दाहरुप्रति आफ्नो समर्थन रहको उल्लेख गर्दै शान्तिपूर्ण आन्दोलनमा आफूहरुको सहभागिता रहेको बताए । रास्वपाको विस्तारित बैठकमा केन्द्रीय समिति सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजकसहित पार्टीका विभिन्न तहका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ आजदेखि
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
मधेशका मुख्यमन्त्री सिंहलाई राजीनामा दिन सीके राउतको निर्देशन
सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध
सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका २३ ढोका खुला गरियो
सप्तकोशीमा पानीको बहाव उच्च, कोशी ब्यारेजका २३ ढोका खुला गरियो
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
भक्तपुरमा ट्याक्सी चालकको हत्या गरेर भागेका व्यक्ति १५ वर्षपछि समातिए
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौं ओर्लन सकेन, कोलकाता डाइभर्ट
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी: ओली
सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक र प्रतिगामी: ओली