झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ ७, २०८१
|
|
९७ पटक हेरिएको
Shares
झापामा बोलेरो र अटो ठोक्किदा एकको मृत्यु, तीनजना घाइते

सारांश

  • दुर्घटनामा परी  तीनजना घाइते भएका छन् ।
  • बुद्धशान्ति गाउँपालिका –४ चापेन चोकस्थित मेची राजमार्गमा चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००२ ह ३६३ नम्बरको अटो सोमबार बिहान १०:४५ बजे  ठोक्किदा दुर्घटना भएको थियो ।
  • दुर्घटनामा परी अटोमा सवार बुद्धशान्ति– ४ का २१ वर्षीया कृतिका तामाङ, सोही ठाउँका २७ वर्षीया अमृता तामाङ, ४१ वर्षीया मञ्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका– १२ का ४० वर्षीय दिलकुमार माझी घाइते भएका छन्।

 

झापा : झापामा बोलेरो र अटो गाडी ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी  तीनजना घाइते भएका छन् । बुद्धशान्ति गाउँपालिका –४ चापेन चोकस्थित मेची राजमार्गमा चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००२ ह ३६३ नम्बरको अटो सोमबार बिहान १०:४५ बजे  ठोक्किदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी अटोमा सवार बुद्धशान्ति– ४ का २१ वर्षीया कृतिका तामाङ, सोही ठाउँका २७ वर्षीया अमृता तामाङ, ४१ वर्षीया मञ्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका– १२ का ४० वर्षीय दिलकुमार माझी घाइते भएका छन्। घाइतेहरूलाई सिटी अस्पताल बुधबारेमा उपचारका लागि लगिएको थियो ।

त्यहाँबाट अटोमा सवार अमृताको अवस्थामा गम्भीर देखिएकाले थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।दुवै गाडीसहित अटो चालक बुद्धशान्ति– ४ का ५३ वर्षीय अजय मुक्तान इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?