Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, मंसिर १३, २०८१
|
|
४३ पटक हेरिएको
Shares
एनपीएल खेल्न क्यानडाबाट काठमाडौं आइपुगे किर्तन

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका कप्तान निकोलस किर्टन नेपाल आइपुगेका छन् ।
  • विराटनगर किंग्समा अनुबन्ध भएका किर्टन बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।
  • उनलाई विराटनगरका अफिसियलले विमानस्थलमा स्वागत गरेका थिए ।

 

१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका कप्तान निकोलस किर्टन नेपाल आइपुगेका छन् ।विराटनगर किंग्समा अनुबन्ध भएका किर्टन बिहीबार दिउँसो काठमाडौं आइपुगेका हुन् ।

उनलाई विराटनगरका अफिसियलले विमानस्थलमा स्वागत गरेका थिए ।विराटनगरबाट खेल्ने अन्य विदेशी खेलाडीमा न्युजिल्याण्डका मार्टिन गप्टिल, ओमानका आकिब इलियास, स्कटल्याण्डका क्रिस सोल र इस्मत आलम छन् ।उनीहरू सबैजना नेपाल आउन बाँकी छ । प्रशिक्षक केभिन ओ ब्रायन भने नेपाल आइसकेका छन् । विराटनगरको मार्की खेलाडीमा नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछाने छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?