भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १९, २०८१
|
|
३३ पटक हेरिएको
Shares
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान

सारांश

  • भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ ।
  • रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो ।
  • विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो ।

१९ चैतः भोजपुर  ।

भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो ।

विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । रेडपाण्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान थालिएको छ ।

टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथा लोपोन्मुख रेडपाण्डा भेटिने गरेको छ । गाउँपालिका–१ को सुम्लिखाको धप्पर एकराते सामुदायिक वन क्षेत्रमा सामूहिक अभियान संस्थाका समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रमका फिल्ड कर्मचारीका तर्फबाट रेडपाण्डा भेटेर तस्बिर खिचेको संस्थाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

रेडपाण्डा संरक्षणका लागि सम्बन्धित निकायसँग जिल्ला तहमा अन्तरक्रिया तथा छलफलका कार्यक्रम सञ्चालन हँुदै आइरहेको संस्थाका महासचिव गणेश प्रधानले बताउनुभयो । सामुदायिक वनसँग समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सञ्चालन भएको छ । रेडपाण्डा संरक्षणका लागि डिभिजन वन कार्यालय र सम्बन्धित सामुदायिक वनसँग सहकार्य गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने
एमाले महाधिवेशनमा प्रचण्ड–माधव र देउवा नजाने
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
पहिरोका कारण अवरुद्ध कोदारी सडक भोलि बेलुकासम्म खुल्छ : सडक विभाग
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो
गाजामा इजरायली आक्र*मणमा मृ*त्यु हुनेको सङ्ख्या ७० हजार नाघ्यो
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास
मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा विपन्न चेपाङ दम्पतीलाई सुरक्षित आवास
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
सल्यानमा यात्रुवाहक गाडी दुर्घटना, ३ जनाको मृ*त्यु
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
आन्दोलनमा घाइते कवाड व्यवसायीको नि:शुल्क उपचार गर्न अमरेशको माग
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
१८ सदस्यीय मन्त्रिपरिषद बनाउने प्रयासमा रास्वपा
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन
राष्ट्रपति समक्ष अख्तियारले बुझायो वार्षिक प्रतिवेदन