आज लुम्बिनी र मधेशमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण
सारांश
- आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
- महाशाखाले सूचना जारी गरी आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।
- यसैगरी आज राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
२२ वैशाख, काठमाडौं ।
आज दिउँसो लुम्बिनी प्रदेशमा र राति मधेश प्रदेशका जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गरी आज दिउँसो लुम्बिनी प्रदेशका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

यसैगरी आज राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा पनि तीव्र हावाहुरीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । हावाहुरीबाट जोगिने उपायहरू अपनाउन महाशाखाले सबैलाई अनुरोध समेत गरेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया