विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ २, २०८२
|
|
४० पटक हेरिएको
Shares
विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग

सारांश

  •   पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ ।
  • शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ ।
  • यहाँका छजना बालबालिकालाई राहतस्वरुप आपतकालीन बालउद्धार कोषमार्फत पोषण सामग्री र पठनपाठनका लागि सहायक सामग्री प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले जानकारी दिनुभयो ।

२ असार, पाल्पा । 

पाल्पाको रामपुर नगरपालिकाकाले बालबालिकालाई पोषण तथा सहायक शैक्षिक सामग्री प्रदान गरेको छ । शारीरिक तथा मानसिक समस्यामा रहेका, दीर्घरोगी, पारिवारिक लगायतका विभिन्न समस्यासँग जुँधिरहेका बालबालिकालाई पोषणयुक्त आहार, पठनपाठनका लागि सहायक सामग्री सहयोग गरिएको छ । यहाँका छजना बालबालिकालाई राहतस्वरुप आपतकालीन बालउद्धार कोषमार्फत पोषण सामग्री र पठनपाठनका लागि सहायक सामग्री प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पूजा परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकाले दृष्टिविहीन पृथ्वीनारायण क्याम्पस पोखरामा स्नातक तेस्रो वर्षमा अध्ययनरत रामपुर–६ का विपना खनाललाई ल्यापटप सहयोग गरेको छ । नगरपालिकाले पारिवारिक समस्या, अनाथ बालबालिका, मानसिक तथा दीर्घ रोगबाट ग्रसितलगायत विभिन्न समस्या भोगिरहेका बालबालिका, जेहेन्दार, आर्थिक अवस्था कमजोर भएकालाई राहतका सामग्री तथा छात्रवृत्ति रकमसमेत उपलब्ध गराउँदै आइरहेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो । नगरपालिकाले विद्यालय तथा उच्च शिक्षा अध्ययनका लागि नगर सरकारले मेयर छात्रवृत्ति कार्यक्रममार्फत रकम उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
गोलबजारका अधिकृत श्रीधर केसीले मदिरापान गर्न बाहुबली शैलीमा होटल खाली गराए
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
रारा तालको डाँफे होटेलमा आगलागी, चार भवनमा क्षति
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
कोरला नाकाबाट ६ सय कार्टुन ‘भेप’ बरामद
कोरला नाकाबाट ६ सय कार्टुन ‘भेप’ बरामद
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
क्षतिग्रस्त विपी राजमार्ग : जाइकाको निर्णय कुर्दै डिभिजन सडक, पूरा काम सक्न कति समय लाग्छ ?
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ
साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :
साइकल चढेर सिंहदरबारमा रास्वपा सांसद :
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी
कांग्रेस केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी