‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
‘कैदीबन्दीका सीपले अब कारागारलाई उद्योगका रूपमा विकास गर्दैछौँ’ : गृहमन्त्री

सारांश

  • कारागार कार्यालय मोरङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले लोकतन्त्रमा मानिसको मानवअधिकार सबैभन्दा ठूलो भएको बताए ।
  • ‘मानव अधिकारका लागि लोकतन्त्र चाहिएको हो ।
  • थुनुवाको होस् या कैदीबन्दी, मानवअधिकारबारे सरकार सचेत छ,’ उनले भने ।

३० वैशाख, काठमाडौं-

गृहमन्त्री रमेश लेखकले थुनुवा र कैदीको मानवअधिकारका सवालमा सरकार सचेत रहेको बताएका छन् । कारागार कार्यालय मोरङको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उनले लोकतन्त्रमा मानिसको मानवअधिकार सबैभन्दा ठूलो भएको बताए । ‘मानव अधिकारका लागि लोकतन्त्र चाहिएको हो । थुनुवाको होस् या कैदीबन्दी, मानवअधिकारबारे सरकार सचेत छ,’ उनले भने ।

‘कारागार मात्रै होइन सुधारगृहका रूपमा विकास गर्ने कुरा छ । सँगसँगै उद्योगग्रामका रूपमा पनि विकास गर्न जरुरी छ,’ उनले भने, ‘मानिस कैदीबन्दीका रूपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ । मानिस उत्पादनसँग जोडिन्छ । त्यसैले कारागारलाई उद्योगका रूपमा विकास गर्ने कोसिस गरिरहेका छौँ ।’ मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कैदीबन्दीले कपडा बुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषण वैशाख १७ गते
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
प्रहरी बिटभित्रै नाबालिगमाथि बलात्कार, हवल्दारलाई जेल चलान
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
परराष्ट्रमन्त्री राणाद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग भेटवार्ता
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
पाकिस्तानको कराँचीमा भवन भत्किँदा १२ जनाको मृ*त्यु
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
गण्डकीमा नेकपा एमालेबाट नियुक्त ४ जना मन्त्रीले शपथ
अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल
अदानी र अम्बानीको सम्पत्ति झर्‍यो १०० अर्ब डलरभन्दा तल
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
सल्यानमा घरभित्रै दिदीबहिनी मृत फेला
सल्यानमा घरभित्रै दिदीबहिनी मृत फेला
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि हमला गर्नेलाई हदैसम्मको कारबाही हुन्छ : गृहमन्त्री
तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल
तत्काल सरकारमा जाने मनस्थितिमा छैन : अध्यक्ष नेपाल