‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
३३ पटक हेरिएको
Shares
‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग पराजित

सारांश

  • नेपालले दिएको ५९ रनको सामान्य लक्ष्य पछ्याएको अमेरिकाले उक्त लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
  • पहिलो ब्याटिङ  गर्दै नेपालले पुरै २० ओभर खेलेर केवल ५८ रन मात्रै जोड्न सकेको थियो ।
  • नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

२ माघ, काठमान्डौं- यू-१९ महिला विश्वकप अन्तरगत आज भएको ‘वार्मअप’ खेलमा नेपाल अमेरिकासँग ५ विकेटले पराजित भएको छ। नेपालले दिएको ५९ रनको सामान्य लक्ष्य पछ्याएको अमेरिकाले उक्त लक्ष्य १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। पहिलो ब्याटिङ  गर्दै नेपालले पुरै २० ओभर खेलेर केवल ५८ रन मात्रै जोड्न सकेको थियो । नेपालकी ओपनर साना प्रवीनले सर्वाधिक १२ रन र कप्तान पूजा महतोले १० रन बनाउनु बाहेक अन्य ब्याटरहरुले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

नेपालले आफ्नो इनिङमा एउटा पनि बाउन्ड्री प्रहार गर्न नसक्दा सामान्य स्कोरमै चित बुझाउनु परेको थियो। कसिलो बलिङ गरेको अमेरिकाका लागि ऋतु सिंह, सुहानी थाडानी, इशानी भाग्हला, सान्भी इम्मादी र पूजा साहले समान १-१ विकेट लिएका थिए। ५९ रनको लक्ष्य पछ्याएको अमेरिकाका लागि इसानी भोगले सर्वाधिक २४ रन बनाएकी थिइन्। अभ्यास खेलमा नेपालको यो दोस्रो हार हो। यसअघि वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको थियो। मलेसियामा हुने यु १९ महिला टी-२० विश्वकप जनवरी १८ देखि सुरु हुँदैछ । नेपालले समूह चरणमा बंगलादेश, अस्ट्रेलिया र स्कटल्यान्डसँग भिड्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
लिपुलेकबारे संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं : परराष्ट्रमन्त्री
सुनसरीबाट २४५ किलो गाँजा बरामद
सुनसरीबाट २४५ किलो गाँजा बरामद
जनवरीदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध
जनवरीदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडान निषेध
कक्षा १२ को परीक्षाफल सार्वजनिक
कक्षा १२ को परीक्षाफल सार्वजनिक
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
गभर्नर पौडेलको सम्पत्ति: १४ करोडको सेयर लगानी, कति छन् सुन र हीरा?
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण
महाशिवरात्रिको उपलक्ष्यमा निःशुल्क साडी वितरण
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक
आज राति १२ बजेसम्म सहमति नभए सामूहिक गिरफ्तारी दिने तयारीमा शिक्षक