Press 4K
बिहिबार, २९ आश्विन २०८३

जाजरकोटमा बोलेरो जिप दु*र्घटना, दुई जनाको मृ*त्यु, तीन घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २९, २०८३
|
|
६४ पटक हेरिएको
Shares
जाजरकोटमा बोलेरो जिप दु*र्घटना, दुई जनाको मृ*त्यु, तीन घाइते

सारांश

  • जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
  • बिहीबार बिहान करिब २ बजे जुन चाँदे गाउँपालिका–२ र ३ को सिमाना गेरेखेतस्थित भित्री सडक खण्डमा सुर्खेतबाट जुन चाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।
  • दुर्घटनामा जिप चालक जुन चाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुन चाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) बुद्धि सागर पुरीले जानकारी दिए ।

सुर्खेत । जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब २ बजे जुन चाँदे गाउँपालिका–२ र ३ को सिमाना गेरेखेतस्थित भित्री सडक खण्डमा सुर्खेतबाट जुन चाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक जुन चाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुन चाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) बुद्धि सागर पुरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुन चाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
ललितपुरमा एक किशोरको हत्या, ३ जना पक्राउ
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त
बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
सर्लाहीको कविलासीमा स्थापना गरिएको आँखा उपचार केन्द्र सञ्चालनमा
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
युगान्डामाथि नेपालको एक विकेटको रोमाञ्चक जित
युगान्डामाथि नेपालको एक विकेटको रोमाञ्चक जित
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
शान्तिचोकमा कन्टेनर र मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
मन्दिर जाँदै गरेका यात्रु सवार गाडी दुर्घटना ,एक जनाको मृत्यु
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
मतदानस्थलमा ईश्वर पोखरेल आइपुगे, केपी ओली आउनासाथ मतदान सुरु हुने
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...