जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख २७, २०८३
|
|
२०४ पटक हेरिएको
Shares
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

सारांश

  • श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् ।
  • नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स्पष्ट पारेका छन् ।
  • शनिबार चितवन जाने क्रममा हेटौँडामा आइपुगेका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले मकवानपुरका हेटौँडा–११, स्थित थानाभ¥याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गर्दै आएका मानिसको समस्याहरूलाई हल गर्ने, उनीहरूलाई विस्थापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ लाग्नु नहुने उनले बताए ।

 

२७ वैशाख, हेटौँडा ।

श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका छन् । नेपालमा भएको अव्यवस्थित वसोवासी, सुकुम्बासीको समस्यालाई समाधान गर्नुपर्छ भन्ने पक्षमा आफू सधैँ लागेको उनले स्पष्ट पारेका छन् ।

शनिबार चितवन जाने क्रममा हेटौँडामा आइपुगेका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले मकवानपुरका हेटौँडा–११, स्थित थानाभ¥याङका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीका मानिसका सामुदायहरुसँग भएको छोटो छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्बासी र अव्यवस्थित रूपमा बसोबास गर्दै आएका मानिसको समस्याहरूलाई हल गर्ने, उनीहरूलाई विस्थापित गर्नु नहुने र घर भत्काएर जनतालाई लखेट्नु कार्यतर्फ लाग्नु नहुने उनले बताए । सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि आफूले सांसद भवनमा बसेको पहिलो बैठकमै यी मुद्दालाई मुख्य एजेण्ड बनाएर कुरा उठाएको उनले बताए । सरकारले गरेको कामहरूको आफूले मूल्याङ्कन गर्दै खराब तथा नकारात्मक कामहरूलाई विशेष रूपमा उठाएर खबरदारी गर्ने कामबाट कहिले आफू पछि नपरेको उनले दाबी गरेका छन् ।

सरकारले काम गरेको सन्दर्भमा राम्रो तथा खराब कामहरूलाई खबरदारी गर्दै आएको र उक्त कार्यमा आफू सधैँ आग्रह स्थानमा रहेको स्पष्ट पारेका छन् । अन्य प्रतिनिधि कोही जनताहरूको पक्षमा नभए पनि आफू जनताको पक्षमा रहनबाट पछि नपर्ने उनले विश्वास दिलाए । सबै मानिसहरू बाँच्न पाउने मौलिक भएको बताउँदै उनले भने–सबै जनताले बाँच्न पाउनुपर्छ किनकि मौलिक हक हो संविधानले दिएको । घर बनाएर बस्न पाउनुपर्ने सबै जनताको अधिकार भित्र पर्छ । त्यो घरलाई राज्यले अहिले आएर आतंक फैलाउने हिसाबले नभत्काउने पक्षमा हामी छौँ । मेचीदेखि महाकालीसम्म सबै जनताहरू एकजुट भएर सरकारले अहिले जनताको घर भत्कार घरबार विहीन बनाउन गरेको निरकुंश कदम विरुद्ध आवाज उठाउनुपर्ने उनले सबैलाई सुझाव दिए ।  उक्त कार्यका लागि सबै जनताको साथमा आफू सदैव रहने प्रतिबद्धता व्यक्त गरे । सांसद भवनको बैठकमा पनि जनताका मुद्दालाई लिएर यी विषयलाई मुख्य एजेन्डा बनाएर कुरा राख्ने बताए । नेपाली जनताले बाँच्न पाउने अधिकारलाई सडक सदन सबै ठाउँमा एकजुट भएर उठाउने उनले विश्वास दिलाए । जनताको दुःखलाई आफूले सधैँभरि अंगालेर साथ, सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
राष्ट्रिय सभा अन्तरगत आज दुई समितिको बैठक बस्दैँ
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
समाजवादी मोर्चाको विरोधसभाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो बैठक
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
प्रतिनिधिसभाः विपद् व्यवस्थापनमा समयमै ध्यान दिन आग्रह
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रदेवले निरन्तर काम गर्न पाउने
चलचित्र विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
समानुपातिकतर्फ ७९ लाख मतगणना गर्दा रास्वपालाई मात्रै ३८ लाख बढी मत
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १ हजार ३४५ जनालाई कारबाही