मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

सारांश

  • मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा शनिबार राति एम्बुलेन्स दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।
  • कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा परेर एम्बुलेन्स चालक उदयपुरका २४ वर्षीय आशिष राईको ज्यान गएको हो।
  • बुढिगंगा गाउँपालिका–३ मा रहेको महालक्ष्मी वायर अगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

 

३, चैत, मोरङ ।

मोरङको बुढिगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा शनिबार राति एम्बुलेन्स दुर्घटनामा परेर चालकको मृत्यु भएको छ। कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा परेर एम्बुलेन्स चालक उदयपुरका २४ वर्षीय आशिष राईको ज्यान गएको हो।

बुढिगंगा गाउँपालिका–३ मा रहेको महालक्ष्मी वायर अगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको हो। एम्बुलेन्स कता जाँदै थियो भन्ने खुलेको छैन। तर, प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?