बरहथवामा आमरण अनसनरत राजन सिंह अस्पताल भर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, जेठ ३१, २०८२
|
|
३२ पटक हेरिएको
Shares
बरहथवामा आमरण अनसनरत राजन सिंह अस्पताल भर्ना

सारांश

  • जेठ २९ गतेदेखि बरहथवा नगरपालिका कार्यालय अगाडि आमरण अनसनमा बसेका सिंह अत्यधिक गर्मीका कारण शारीरिक अवस्था बिग्रिएपछि आज बिहान बरहथवास्थित नगर अस्पतालमा भर्ना गरिएको हो।
  • चिकित्सकहरूका अनुसार उनको रक्तचाप अस्थिर रहेको र नियमित निगरानीमा राखिएको छ।
  • सिंहले डेढ वर्षअघि प्रहरीको गोलीबाट मृत्यु भएका जयशङ्कर साहको सम्झनामा सालिक निर्माण गर्नुपर्ने र नगर अस्पतालको नाम ‘जयशङ्कर नगर अस्पताल’ राख्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका थिए।

सर्लाही, जेठ ३१

बरहथवामा पाँच बुँदे माग अघि सार्दै तीन दिनदेखि आमरण अनसनमा रहेका जनमत पार्टी बरहथवा नगर कमिटीका अध्यक्ष राजन सिंहलाई स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पताल भर्ना गरिएको छ।

जेठ २९ गतेदेखि बरहथवा नगरपालिका कार्यालय अगाडि आमरण अनसनमा बसेका सिंह अत्यधिक गर्मीका कारण शारीरिक अवस्था बिग्रिएपछि आज बिहान बरहथवास्थित नगर अस्पतालमा भर्ना गरिएको हो। चिकित्सकहरूका अनुसार उनको रक्तचाप अस्थिर रहेको र नियमित निगरानीमा राखिएको छ।

सिंहले डेढ वर्षअघि प्रहरीको गोलीबाट मृत्यु भएका जयशङ्कर साहको सम्झनामा सालिक निर्माण गर्नुपर्ने र नगर अस्पतालको नाम ‘जयशङ्कर नगर अस्पताल’ राख्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका थिए। २०८० पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको स्तरोन्नतिको माग गर्दै गरिएको आन्दोलनमा प्रहरीको गोली लागी बरहथवा नगरपालिका–६ निवासी ३० वर्षीय जयशङ्करको मृत्यु भएको थियो। उक्त घटनापछि केही समय बरहथवा तनावग्रस्त बनेको थियो।

सिंहले त्यसबेला जिल्ला प्रशासन कार्यालय मलङ्गवामा भएको सहमति कार्यान्वयन नभएको भन्दै पुनः आन्दोलनको बाटो रोज्दै आमरण अनसन सुरु गरेका हुन्। उनका अन्य मागहरूमा अस्पतालबाट सरकारले तोकेको निःशुल्क औषधि उपलब्ध गराउने व्यवस्था मिलाउनु पर्ने, नगरपालिकाको पछिल्लो तीन वर्षको आय–व्यय विवरण सार्वजनिक गर्नु पर्ने र नगर अस्पताल निर्माणका लागि विनियोजित बजेटको खर्च विवरण सार्वजनिक गर्नु पर्ने रहेका छन्।

अनसनको तेस्रो दिन हिजो बरहथवा नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवाल अनसनस्थल पुगेकी थिइन्। उनले सिंहका मागहरूमाथि सम्वोधन गरिने मौखिक प्रतिबद्धता जनाए पनि सिंहले आफूमाथि यकिन हुने लिखित प्रतिबद्धता नभएसम्म अनसन नछाड्ने अडान लिएका छन्।

हाल सिंहको उपचार नगर अस्पतालमा भइरहेको छ भने जनमत पार्टीका कार्यकर्ताहरूले उनको माग तत्काल सम्वोधन गर्न स्थानीय प्रशासन र नगरपालिकालाई आग्रह गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
सडक खनेर माटो छोड्नेलाई काठमाडौं महानगरले गरायो १० हजार जरिवाना
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
पाकिस्तानविरुद्ध अस्ट्रेलियाको लगातार दोस्रो जित
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
विशेष अदालत पुगे पूर्वप्रधानमन्त्री नेपाल
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
गृहमन्त्रीद्वारा तस्करी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
डा. मनमोहन सिंहलाई जस्तै अर्थमन्त्री वाग्लेलाई सुनौलो अवसर छ
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
एसईई : प्रश्नपत्र आउट भएको घटनामा एक विद्यार्थी पक्राउ
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
संघीय कोष २ खर्ब १६ अर्बभन्दा बढीले घाटामा छ : अर्थमन्त्री
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
सशस्त्र प्रहरीका सहायक हवल्दारदेखि वरिष्ठ सईसम्म २ हजार १९६ जनाको बढुवा
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो
प्रि ओपन सेसनमा नेप्से परिसूचक २६ अंकले बढ्यो

तपाईंले छुटाउनुभयो कि?