एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, श्रावण ११, २०८२
|
|
४२ पटक हेरिएको
Shares
एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा

सारांश

  •   एक वर्षमा करिब २४ सय प्रहरीले राजीनामा दिएका छन्।
  • २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन्।
  • आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो।

११ साउन, काठमाडौं । 

एक वर्षमा करिब २४ सय प्रहरीले राजीनामा दिएका छन्। २०८१ साउनदेखि २०८२ असार मसान्तको अवधिमा जवानदेखि अधिकृत तहसम्मका २३ सय ६९ प्रहरीले राजीनामा दिएका हुन्। आइतबार प्रहरी प्रधान कार्यालयले गरेको पत्रकार सम्मेलनमा कतिपय प्रहरी भने अपराध र आचरण विपरीतका गतिविधिमा मुछिएपछि विभागीय कारबाहीमा परेर पनि राजीनामा दिएर अलग हुने गरेको देखिएको जनाएको हो।

प्रहरीमा सरुवा, बढुवा, वृत्तिविकासलगायतमा देखिएको असन्तुष्टिको असर राजीनामामा देखिएको हो। कतिपय प्रहरी वैदेशिक रोजगारीमा आकर्षक तलब पाएर पनि सेवाबाट अलग हुने परिस्थिति देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैगरी गत आर्थिक वर्षमा देशभरका प्रहरी कार्यलयमा अपराधका ५८ हजार ४ सय ७२ जाहेरी परेको छ। जसमा योजनबद्ध रूपमा व्यक्तिहत्या गरेको अभियोगमा मात्रै ५ सय १० मुद्दा दर्ता भएका हुन्। अपहरणका १ सय ४२, मानव बेचबिखनका १ सय ५२ जबर्जस्ती करणीका २ हजार ३ सय ८७ छन्। प्रहरीमा दैनिक रूपमा मात्रै १ सय ६० मुद्दा दर्ता हुने गरेको आइतबार पत्रकार सम्मेलन आयोजना गरी प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी गराए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
एकै दिन ३५ सयभन्दा बढीले चढे धरहरा
एकै दिन ३५ सयभन्दा बढीले चढे धरहरा
मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण
मधेस आन्दोलनका सहिद परिवारद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण
तीन दलका शीर्ष नेताबीच छलफल
तीन दलका शीर्ष नेताबीच छलफल
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
यी हुन् बीपी राजमार्ग छलेर काठमाडौं प्रवेश गर्ने तीन विकल्प
बमको धम्की आएपछि एयर इन्डियाको अर्को विमान थाइल्याण्डमा आपतकालीन अवतरण
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
बालबालिकासम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुपर्नेमा सांसदहरुको जोड
असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
असोज २९ देखि १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै
नाढीमन तालको संरक्षणदेखि यक्षदह बनाउँदै गाउँपालिका
नाढीमन तालको संरक्षणदेखि यक्षदह बनाउँदै गाउँपालिका