राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन ५, २०८२
|
|
३० पटक हेरिएको
Shares
राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
  • आइतबार (असोज ५) उनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
  • संघीय संसद्का दुवै सदनबाट यसअघि पारित गरिएको विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पठाइएको थियो ।

५ असोज, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । आइतबार (असोज ५) उनले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संघीय संसद्का दुवै सदनबाट यसअघि पारित गरिएको विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपतिसमक्ष पठाइएको थियो । उनले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?