वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन २९, २०८२
|
|
२६ पटक हेरिएको
Shares
वीरगञ्जस्थित फोहर पानी प्रशोधन केन्द्रको कागजात अख्तियारको नियन्त्रणमा

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ।
  •   आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँगसम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो।
  • आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए।

२९ असोज, वीरगञ्ज ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगर मातहतको फोहर पानी प्रशोधन केन्द्रको कागजात अनुसन्धानका लागि लगेको छ।  आयोगको टोलीले सहरी विकास मन्त्रालय र वीरगञ्ज महानगरको संयुक्त लगानीमा निर्माण गरिएको फोहर पानी प्रशोधन केन्द्रसँगसम्बन्धित उजुरी परेपछि आवश्यक कागजात अनुसन्धानका लागि लगेको हो।

आयोगको कार्यालय हेटौंडाका सूचना अधिकारी विमोचन घिमिरेले आयोगको टोलीले सम्बन्धित कागजात लगेको बताए। ‘आयोगको टोलीले आवश्यक अनुसन्धानका लागि कागजात लगेको हो,’ उनले भने। वीरगञ्ज महाननगर र सहरी विकास मन्त्रालयको संयुक्त लगानीमा करिब  २७ करोड रुपैयाँमा यहाँ फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?