उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ २४, २०८१
|
|
३० पटक हेरिएको
Shares
उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री

सारांश

  • उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा अध्यादेशलाई समर्थन गर्ने प्रस्ताव राखेको छ ।
  • नेपाली कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारी अनुसार उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने मोटामोटी सहमति बनिसकेको छ ।
  • ‘सभापति देउवा र प्रधानमन्त्री ओली छलफल गरेर कहाँ के गर्ने टुंगिन्छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘मधेशको मुख्यमन्त्रीमा उहाँहरूको चासो छ ।

२४ माघ, काठमाडौं ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले मधेश प्रदेशको मुख्यमन्त्री पाउने शर्तमा अध्यादेशलाई समर्थन गर्ने प्रस्ताव राखेको छ । नेपाली कांग्रेसका एक शीर्ष नेताले दिएको जानकारी अनुसार उपेन्द्रलाई मधेशको मुख्यमन्त्री दिनेगरी अध्यादेशमा मत दिने मोटामोटी सहमति बनिसकेको छ । ‘सभापति देउवा र प्रधानमन्त्री ओली छलफल गरेर कहाँ के गर्ने टुंगिन्छ,’ कांग्रेसका एक शीर्ष नेताले भने, ‘मधेशको मुख्यमन्त्रीमा उहाँहरूको चासो छ । त्यही पद मिलाउनेतिर सकारात्मक छलफल छ ।’

बिहीबार संघीय संसद्का दुवै सदनबाट सरकारले ल्याएका ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभाबाट सहजै अध्यादेश पारित हुने भएपनि राष्ट्रिय सभामा उपेन्द्र नेतृत्वको जसपा नेपाल निर्णायक भूमिकामा देखिएको छ ।  जसपा नेपालले सरकारलाई गर्दै आएको दाबी गर्दै ती नेताले थपे, ‘संघ र प्रदेश कहीँ पनि सहभागी भएको छैन ।

विश्वासको मत दिएको दललाई सरकारमा ल्याउनुपर्छ भन्ने हो ।’ जसपा नेपाललाई फकाउन सत्ता र प्रतिपक्ष दुवैतर्फका नेताहरू लागिपरेका थिए । बिहीबार बिहान अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितसँग छलफल गरेका थिए ।

उक्त छलफलमा उपेन्द्रले मधेशको मुख्यमन्त्री आफ्नो दलले पाउनेगरी अध्यादेशमा सहमति दिने शर्त अघि सारेका थिए । जसपा नेपालको संसदीय दलको बैठक जारी छ । सोही बैठकबाट छलफल गरेर अध्यादेशको समर्थनमा जाने निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने
नयाँ करका निर्णय कार्यान्वयनको घोषणा गर्दै ट्रम्प : लाखौंले रोजगारी गुमाउने
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
मलेसियालाई हराउँदै नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा
बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता
बाजुरामा कांग्रेसका उम्मेदवार जनक गिरीको अग्रता
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
यस्ता छन् सरकारले मुख्य प्राथमिकतामा राखेका १२ नीति र कार्यक्रम
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
१२ अंकले बढ्यो शेयर बजार, कारोबार रकममा भने गिरावट
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई
प्रधानमन्त्री कार्कीद्वारा नवनिर्वाचित एनआरएनए अध्यक्ष डा शर्मालाई बधाई
ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल
ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
सुनको मूल्य तोलामा एक हजार तीन सयले बढ्यो
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
कांग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक