आफ्नै बुबाको ह*त्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख १८, २०८३
|
|
२६५ पटक हेरिएको
Shares
आफ्नै बुबाको ह*त्या गरी १८ वर्षदेखि फरार व्यक्ति चितवनबाट पक्राउ

सारांश

  • रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन्।
  • जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई लुकिछिपी बसेको अवस्थामा चितवनबाट नियन्त्रणमा लिएको हो।

१८ वैशाख, रौतहट ।

रौतहटमा १८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ (साबिक जयनगर गाविस–४) का ४९ वर्षीय राम विलास महतो रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई लुकिछिपी बसेको अवस्थामा चितवनबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार २०६४ जेठ २० गते राति साबिक जयनगर गाविस–४ स्थित गोठ घरमा ६५ वर्षीय विश्वेश्वर महतो कोइरीको हातखुट्टा बाँधेर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्याको मुख्य कारण ऋण र जग्गा विवाद देखिएको छ । अभियुक्त राम विलासले गाउँका धेरै व्यक्तिसँग ऋण लिएका थिए।अड्डा अदालतमा जग्गा खिचोला सम्बन्धी मुद्दा समेत चलिरहेको थियो।मुद्दाको खर्च जुटाउन नसकेपछि उनले आफ्नै बुबाको हत्या गरेर विपक्षीहरूलाई ‘ज्यान मुद्दा’ मा फसाउने योजना बनाएका थिए । विपक्षीहरू जेल गएमा ऋण तिर्नु नपर्ने र जग्गा विवाद पनि सुल्झिने उनको दाउ थियो । हत्यापछि शंका लाग्ने डरले राम विलास स–परिवार फरार भएका थिए। प्रहरीले सूक्ष्म अनुसन्धान र खोजतलास जारी राख्ने क्रममा उनलाई १८ वर्षपछि २०८३ वैशाख १६ गते चितवनमा फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका महतोमाथि थप कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
३९ केजी गाँजासहित सर्लाहीबाट एक जना पक्राउ
३९ केजी गाँजासहित सर्लाहीबाट एक जना पक्राउ
लेबनानमा हिजबुल्लाह सदस्यको पेजर विस्फोट, ८ जनाको मृत्यु
लेबनानमा हिजबुल्लाह सदस्यको पेजर विस्फोट, ८ जनाको मृत्यु
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
आर्थिक अभावमा बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : स्वास्थ्यमन्त्री पौडेल
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले पाए विश्वासको मत
घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर
घुससहित रङ्गेहात पक्राउ परेका इन्जिनियर भ्रष्टाचारमा दोषी ठहर
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
रुसमा पुनः भूकम्पको शक्तिशाली धक्का, सुनामीको चेतावनी जारी
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
उर्जा मन्त्री घिसिङ र खेलकुद मन्त्री गुप्ताद्वारा जनकपुरधामको निर्माणाधिन रंगशालाको निरीक्षण
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभामा बैठक आधा घण्टाका लागि स्थगित
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु
बारामा बाघको आक्रमणबाट एक महिनामा चार जनाको मृ*त्यु