Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३, २०८१
|
|
४१ पटक हेरिएको
Shares
बक्र ईदले मेलमिलाप, एकता र सहकार्यमा सहयोग पुग्ने मधेशका मुख्यमन्त्री सिंहको विश्वास

सारांश

  • मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
  • आज विहान शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभयो ।
  • उहाँले बक्र ईदको अबसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ ।

मौसम झा (पाठक)

३ असार, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मुस्लिम समुदायको महापर्व ईद-उल-अजहा (बक्र ईद) पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज विहान शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभयो । उहाँले बक्र ईदको अबसरमा स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण मुस्लिम नेपालीमा सुख, शान्ति तथा समृद्धिको कामना गर्नुभएको छ । ‘मुस्लिम समुदायको ठूलो चाडको रुपमा रहेको यो पर्व आपसी रिस, राग द्वेषलाई विर्सेर भाइचारा र पारिवारिक मिलनको रुपमा मनाउने गरिन्छ,’ मुख्यमन्त्री सिंहले शुभकामना सन्देशमा भन्नु भएको छ, ‘इस्लाम धर्मावलम्बीहरुले मनाउने यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ ।’

सामाजिक संस्कृति, परम्परा, रितिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु- उहाँले उल्लेख गर्नु भएको छ । उहाँले बक्र ईद पर्वले सबै नेपालीहीहरुबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना दिनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै
१२०० मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणतर्फ अघि बढ्दै
कांग्रेस–एमाले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर : शंकर पोखरेल
कांग्रेस–एमाले सत्ता गठबन्धन आगामी निर्वाचनसम्म निरन्तर : शंकर पोखरेल
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा
सर्वोच्च अदालतको निर्णयले पार्टीलाई बलियो बनाउने यात्रामा अघि सारेको छ : सभापति थापा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता
राज्य व्यवस्था समिति सभापतिका लागि आज मनोनयन दर्ता
बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा
बालेन शाह पदभार ग्रहणका लागि प्रधानमन्त्री कार्यालय पुग्दा
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६७४ जनालाई कारबाही
नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ
नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ