सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र २५, २०८३
|
|
१५८ पटक हेरिएको
Shares
नवनियुक्त आपूर्तिमन्त्री साहले लिए शपथ

सारांश

  • बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।
  •  उनी गत फागुन २१ मा भएको निर्वाचनमा सुनसरी–४ बाट निर्वाचित भएका हुन्।
  • शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा.

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले शपथ लिएका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। उनी गत फागुन २१ मा भएको निर्वाचनमा सुनसरी–४ बाट निर्वाचित भएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालगायत उच्च पदस्थत अधिकारी उपस्थित थिए।

ग्यास अभावलाई लिएर बिहीबार नै गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी थिइन्। त्यसलगत्तै प्रधानमन्त्री शाहको सिफारिशमा राष्ट्रपति पौडेलले साहलाई मन्त्री नियुक्त गरेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?